Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महिला उम्मेदवारतर्फ रास्वपाकै दबदबा, पाँच मध्ये चार स्थानमा जित दर्ता हुँदा आठ ठाउँमा अग्रता

महिला उम्मेदवारतर्फ रास्वपाकै दबदबा, पाँच मध्ये चार स्थानमा जित दर्ता हुँदा आठ ठाउँमा अग्रता
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन आयोगका अनुसार काठमाडौं– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् । साथै मोरङ–६ मा रास्वपाकै रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ मा पनि रास्वपा बटै कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएकी छन् । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भएकी छन् ।

जारी मतगणनामा रास्वपाकी सोविता गौतम (चितवन–३), डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा रानामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (कार्की) सर्लाही–१, आशिका तामाङ (धादिङ–१), पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरीकुमारी (महोत्तरी ४) मा लिड गरिरहेका छन् ।

आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ। प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कूल तीन हजार ४०६ मध्ये महिला उम्मेदवार ३८८ जना रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit