Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भक्तपुर–२ : पपुलर सचिवमाथि जनमतको प्रहार

भक्तपुर–२ : पपुलर सचिवमाथि जनमतको प्रहार
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदमा भक्तपुर–२ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले अब कानुनीराज भक्तपुर–२ बाट सुरु हुने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शनिबार निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कानुनलाई केही मान्छेले मुठ्ठीमा लिँदा जनताहरु खुलेर समर्थन गर्न नसक्ने अवस्था आफूले पाएको भन्दै अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुने प्रतिक्रिया दिएका हुन् । ‘हाम्रो देशमा कानुनलाई केही मान्छेले मुठ्ठीमा लिन्छन, जसले गर्दा आम नागरिक डर त्रासले बस्छन् । मानिसहरु खुल्न सकेका थिएनन्। स्वागत गर्न सकेको थिएनन् । अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ’ उनले भने ।

त्यस्तै उनले आफूले भक्तपुर –२ बाट जित्दा सिंगो देशले जित्ने अवस्था बनेको भन्दै प्रतिस्पर्धी कोही उम्मेदवारले पनि हारको महशुस गर्न नपर्ने धारणा राखे । नेकपा एमालेका प्रभावशाली नेता तथा भर्खरै सम्पन्न ११औँ महाधिवेशनबाट सर्वाधिक मतसहित सचिव चुनिएका महेश बस्नेतलाई ३१ हजार ६१६ को भारी मतान्तरले पराजित गर्दै खत्री विजयी भएका थिए । यो जित केवल एक सिटको फेरबदल मात्र नभई, २०८२ भदौको जेनजी आन्दोलनपछिको बदलिएको जनमतको स्पष्ट ऐना पनि हो।

पपुलर सचिवमाथि पपुलर जनमतको प्रहार

पुस २०८२ मा सम्पन्न एमाले महाधिवेशनमा १५४४ मतका साथ सचिवहरूमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेका महेश बस्नेतका लागि यो पराजय अप्रत्याशित छ। जेनजी आन्दोलनपछि पार्टीभित्र सबैभन्दा बढी लोकप्रिय नेता देखिएका बस्नेतलाई आफ्नै निर्वाचन क्षेत्रका मतदाताले भने अस्वीकार गरिदिएका छन्।

राजीव खत्री (रास्वपा) ः ४२,३३३ मत

महेश बस्नेत (एमाले) ः १०,७१७ मत

कबीर राना (कांग्रेस) ः ८,३०५ मत

खत्रीले ३१ हजार ६१६ मतले हराउँदै सानदार जित हासिल गरेका हुन् ।उसो त खत्री र बस्नेतको सम्बन्ध पहिलेदेखि नै राम्रो भने थिएन । यी दुई बीच सामाजिक सञ्जालबाटै भनाभन चलिरहन्थ्यो । तर, यो नतिजाले एमालेभित्र बस्नेतको ‘पपुलारिटी’ र आम मतदाताबीचको (एक्सेप्टेबिलिटी’ (स्वीकार्यता) दुई फरक पाटा भएको भक्तपुरका मतदाताले प्रस्ट पारिदिएका छन् ।

नयाँ अनुहार र पुरानो लिगेसी

महेश बस्नेत भक्तपुर–२ मा विकासको पर्याय मानिन्थे। २०५४ सालमा गुन्डुको कान्छो गाविस अध्यक्षदेखि २०७१ मा उद्योगमन्त्रीसम्मको यात्रा तय गरेका बस्नेतको मजबुत संगठन र ‘फिल्ड’ पकडलाई तोड्नु असम्भव प्रायः मानिन्थ्यो। तर, पूर्व पत्रकार खत्रीले ‘नीतिगत शुद्धीकरण’ को एजेन्डा अघि सारेर मतदाताको मन जित्न सफल बनेका छन् ।

डरको राजनीति अन्त्य भयो

विजयपछि सञ्चारकर्मीहरूसँग बोल्दै खत्रीले भक्तपुरमा लामो समयदेखि ‘केही मान्छेको मुठ्ठीमा कानुन रहेको’ र नागरिकहरू डरका कारण खुल्न नसकेको टिप्पणी गरेका छन् । उनको यो भनाइ सिधा रूपमा एमाले नेता महेश बस्नेतको कार्यशैलीप्रति लक्षित देखिन्छ। खत्रीको विश्लेषणमा, यो जित केवल मतको संख्या मात्र होइन, नागरिकले ‘डरबाट पाएको मुक्ति’ पनि हो।

‘फुच्चे’ भर्सेज पुस्तान्तरणको लडाइँ

महेश बस्नेतले खत्रीलाई‘ फुच्चे’ भनेर गरेको टिप्पणी अहिले पनि सामाजिक सञ्जालमा चर्चाको विषय बन्ने गरेको छ । खत्रीले बस्नेतलाई पराजित गरेसँगै शनिबार त्यसको कुटनीतिक जवाफ फर्काउँदै भने, ‘अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जहिल्यै फुच्चे र नालायक देख्छ, तर समय तिनै फुच्चेहरूको हुन्छ। सबैभन्दा बलवान समय र जनता हुन्।’

खत्रीले आफूलाई मत दिने मात्र नभई सही एजेन्डाले जितेको उललेख गर्दै भक्तपुरको जितलाई सिंगो देशको जितसँग तुलना गरेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit