Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशीको यात्राः शिक्षकदेखि सांसदसम्म

विज्ञापन
Advertisement

अमरगढी (डडेल्धुरा) । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

(रास्वपा) का उम्मेदवार डा जोशी सात हजार १० मतान्तरले विजयी भएका हुन् । उनले हजार १३१ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरेका हुन् ।

डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका डा जोशीको जन्म २०२७ साल चैत ३० गते भएको हो । उहाँ गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा रहेका छन् ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनी लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिँदै आएका छन् ।डा जोशीको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो ।

विसं २०४८ मा शिक्षण पेसामा आबद्ध हुँदै शिक्षक सङ्गठनमा आबद्ध भएका डा जोशी २०५१ सालमा नेकपा (एमाले) डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय भए । उनले जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययापनसमेत गरे । पार्टीभित्र डा जोशीले क्रमशः विभिन्न जिम्मेवारी सम्हाले विसं २०५३ सालमा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य रहेका डा जोशी २०५४ सालमा जिल्ला कमिटी सचिव बने ।

त्यस्तै, २०५५ सालतिर डा जोशी राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा पनि सक्रिय बने । त्यसक्रममा कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकको जिम्मेवारी सम्हाले । उनले कान्तिपुर, नेपाल साप्ताहिक तथा भारतको ‘हिन्दूस्तान टाइम्स’मा समेत स्तम्भ लेख्दै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा विचार प्रस्तुत गरे ।

सङ्गठनमा लामो समय काम गरेका डा जोशी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत भए। राजनीतिक गतिविधिसँगै उनले लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरे । विशेषगरी २०६२÷६३ को जनआन्दोलनमा डा जोशीको सक्रिय सहभागिता रहेको थियो । सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा समेत सक्रिय रहेका उनी सामाजिक मुद्दामा आवाज उठाउने नेताका रूपमा चिनिन्छन् ।

निर्वाचन राजनीतिमा भने डा जोशीले उतारचढाव भोगे । विसं २०७० को संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए भने २०७४ सालको प्रदेशसभा निर्वाचनमा उहाँले कर्णबहादुर मल्लसँग हार व्यहोर्नुभयो । तर, २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि डा जोशीले पुनः राजनीतिक रूपमा बलियो उपस्थिति देखाए । विसं २०७८ मा एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र राजनीतिक यात्रामा सक्रिय भएका थिए ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि डा जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए । शैक्षिक रूपमा पनि डा जोशी उच्च अध्ययन गरेका नेता छन् ।

नेपालमै राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पिएचडी) हासिल गरेका हुन् । अन्तरराष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उनको अनुभव छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit