Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कोशीका २८ सिटमध्ये कम्तीमा १९ जित्ने रास्वपाको दाबी

कोशीका २८ सिटमध्ये कम्तीमा १९ जित्ने रास्वपाको दाबी
विज्ञापन
Advertisement

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ। मंगलबार इटहरीमा आयोजित प्रदेशस्तरीय उद्घोष सभामा उल्लेख्य जनसहभागिता देखिएपछि पार्टी नेतृत्व थप आत्मविश्वासी देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सुनसरीको इटहरीस्थित कार्यक्रम स्थलमा आयोजित सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह सहित कोसी प्रदेशका विभिन्न क्षेत्रका प्रतिनिधि तथा उम्मेदवारहरूले सम्बोधन गरेका थिए । नेताहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र पुराना राजनीतिक अभ्यासको अन्त्य गर्दै ‘नयाँ राजनीतिक संस्कार’ स्थापना गर्ने प्रतिबद्धता दोहोर्याए । सभापति लामिछानेले २०४६ सालपछि भएका सबै प्रमुख काण्डहरूको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकारी पीडितहरूको बचत रकम फिर्ता गराउने विषयलाई प्राथमिकतामा राख्ने बताएका थिए ।

त्यसैगरी, नेता शाहले देशलाई रूपान्तरण गर्न सक्षम शक्ति रास्वपा नै भएको दाबी गर्दै परम्परागत राजनीतिक दलप्रति जनताको वितृष्णा बढ्दै गएको उल्लेख गरे। उनले युवापुस्ताको आशा र अपेक्षा सम्बोधन गर्ने राजनीतिक शक्ति आवश्यक रहेको धारणा राखेका थिए । उक्त कार्यक्रम समापनपछि संक्षिप्त कुराकानीमा रास्वपा कोसी प्रदेशका महामन्त्री तथा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लालविक्रम थापाले अपेक्षा भन्दा बढी जनसहभागिता रहेको बताए । सोही क्रममा उनले कम्तीमा १९ सिटमा जित हासिल गर्ने बताएका हुन् । ‘जनताको उत्साहले हामी थप जिम्मेवार बनाएको छ,’ उनले भने, ‘हामी कोशीका २८ निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ क्षेत्रमा जित्ने अवस्थामा छौं भन्ने हाम्रो आन्तरिक मूल्यांकन छ ।’

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले कोसी प्रदेशमा कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेको थिएन। यद्यपि सुनसरी र मोरङका केही क्षेत्रमा पार्टीले प्रतिस्पर्धात्मक मत भने ल्याएको थियो । त्यसयता सङ्गठन विस्तार, जनसम्पर्क अभियान र स्थानीय मुद्दामा सक्रिय उपस्थितिले आफ्नो आधार विस्तार भएको दाबी पार्टी नेताहरूको छ । नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit