Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डायलाइसिसले मिर्गौलाको काम कसरी गर्छ ?

डायलाइसिसले मिर्गौलाको काम कसरी गर्छ ?
विज्ञापन
Advertisement

काठमाडाैं । कुनै कारणवश मिर्गौलामा क्षति भएमा मिर्गौलाले आफ्नो काम गर्न सक्दैन । मिर्गौलाको कामलाई यथावत राख्ने उपचार विधि डायलाइसिस र प्रत्यारोपण हो ।

विज्ञापन
Advertisement
Advertisement

मिर्गौला बिग्रिएका बिरामीको शरीरबाट विषाक्त पदार्थ, फोहोर र शरीरलाई नचाहिने नुनको मात्रा तथा पानी हटाई सन्तुलनमा राख्न, पोटासियम, सोडियम र बाइकार्बोनेट रसायनको सन्तुलन कायम गर्न, रक्तचाप नियन्त्रणमा राख्न, रगतको शुद्धीकरण गर्न डायलाइसिसले मद्धत गर्छ । डायलाईसिस दुई प्रकारका हुन्छन्–हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस ।

हेमोडायलाइसिस

हेमोडायलाइसिसमा कृत्रिम मिर्गौला अर्थात हेमोडाइलाइजर प्रयोग हुन्छ । शरीरमा जमेको विषाक्त पदार्थ, पानी र अनावश्यक तरल पदार्थ रगतको माध्यमबाट सफा गर्ने काम मिर्गौलाले जस्तै गरि हेमोडायलाइसिस विधिले गर्छ ।

हेमोडायलाइसिस फिस्टुला वा नली बनाएर गर्न सकिन्छ । फिस्टुला हातको नसामा सानो घाउ पारी शिरा र धमनी जोडेर बनाइन्छ । शिरा र धमनी जोडेर बनाइने फिस्टुलाबाट रक्तसंचार धेरै हुन्छ । जसले एउटा सुईमार्फत् रगत निकाली मेसिनबाट राखेर विषाक्त पदार्थ निकाल्न सहज बनाउँछ । एकपटक फिस्टुला बनाएपछि ६ सातापछि काम गर्न थाल्छ । सोही फिस्टुलाबाट डायलाइसिस गर्न मिल्छ ।

फिस्टुला बन्न नसक्ने अवस्थामा क्याथेटरबाट पनि डायलाइसिस गरिन्छ । क्याथेटरबाट डायलाइसिस गर्दा खुट्टा वा घाँटीको नसामा क्याथेटर राखेर गरिन्छ । घाँटीको नसामा दुई वटा स्थायी र अस्थायी क्याथेटर हुन्छन् । यी दुईमध्ये एक नलीमा क्याथेटर राखेर मेसिनले रगत पम्प गरी डायलाइजरमा गई त्यहाँ भएको डायलाइटसँग मिलेर विषाक्त पदार्थ निकाल्ने र छान्ने काम गर्छ । र, सफा रगत शरीरमै पठाइन्छ । क्याथेटर अस्थायी राखेमा एक महिना काम गर्छ भने स्थायी क्याथेटरले ६ महिनादेखि दुई वर्षसम्म डायलाइसिस गर्न मिल्छ ।

हेमोडायलाइसिस अस्पतालमै गएर गराउनु पर्छ । हेमोडायलाइसिस एकपटक गर्दा चार घण्टा लाग्छ र साताको दुईदेखि तीन पटक गर्नुपर्छ ।

पेरिटोनियल डायलाइसिस

पेटभित्र पाइप हालेर गरिने पद्धति पेरिटोनियल डायलाइसिस हो । यो डायलाइसिस बिरामी आफैं वा अरूको सहयोगले घरमै गर्न सकिन्छ । यो डायलाइसिसमा पेटमा प्लास्टिकको ट्युब अर्थात क्याथेटर राखिन्छ । क्याथेटरमार्फत् पेटमा दुई लिटर ग्लुकोज पानी भरिन्छ । यसलाई पेरिटोनियल डायलाइसिस फ्लुड भनिन्छ ।

यो हालेको दुई, तीन वा ६ घण्टापछि पेटमा सो पानीमा फोहोर पानी छानिएर आउँछ र निकालिन्छ । पेरिटोनियल डायलाइसिस दिनको तीनदेखि चारपटक गर्नुपर्छ । एक पटक पानी परिवर्तन गर्दा ३० देखि ४० मिनेट समय लाग्छ ।

नर्भिक नेफ्रोलोजी विभागबाट दिइने सेवा

–मधुमेह तथा उच्च रक्तचापका बिरामीको मिर्गौला बचाउन काउन्सिलिङ
–एक्युट किड्नी इन्जुरीका बिरामीको औषधि उपचार
–मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा
– क्रोनिक मिर्गौला रोगका बिरामीको मिर्गौला जोगाउने उपचार
– मिर्गौला खराब भएका बिरामीको रेनल रिप्लेसमेन्ट थेरापी
– पेरिटोनियल डायलाइसिस
– मिर्गौला प्रत्यारोपण
– डायलाइसिस
–रेनल बायोप्सी

 

नाेट : डा. सुमित आचार्य नर्भिक अस्पतालमा कन्सल्टेन्ट नेफ्रोलोजिष्ट एण्ड रेनल ट्रान्सप्लान्ट फिजिसियनको रुपमा कार्यरत हुनुहुन्छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit