Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

२८ सय २४ अंकमा पुग्यो परिसूचक, १४ अर्ब ३२ करोडको कारोबार

२८ सय २४ अंकमा पुग्यो परिसूचक, १४ अर्ब ३२ करोडको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले बढेर २८ सय २४. ९० विन्दुमा कायम भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री भएको छ । नेप्सेका अनुसार आज १४ अर्ब ३२ करोड ९६ लाख चार हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, लगानी शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव ४६ र म्युचुअल फण्ड समूह शून्य दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

आज व्यापार समूह सबैभन्दा बढी दुई दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ। यस्तै, बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७४, वित्त शून्य दशमलव २२, जलविद्युत् शून्य दशमलव शून्य छ, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बिमा शून्य दशमलव १६ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले उकालो लागेको छ।

आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको सोलु हाइड्रोपावरको पहिलो दिनमै शेयर मूल्य १० बढेको छ । यस्तै, साल्पा विकास बैंक र होटल फरेस्ट इनको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस्तै, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, खानीखोला हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र हिमस्टार ऊर्जाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit