Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पुल्चोककाे दाउरा थकाली पुन:बाैरियाे,स्वादसँगै यती र मयूरको अनौठो नाच देख्न पाइने

पुल्चोककाे दाउरा थकाली पुन:बाैरियाे,स्वादसँगै यती र मयूरको अनौठो नाच देख्न पाइने
विज्ञापन
Advertisement

 काठमाडाैं । ललितपुरको केन्द्र पुल्चाेकमा रहेको चर्चित रेस्टुरेन्ट दाउरा थकाली केही समयको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ। व्यवस्थापनले विगतमा घटेको एउटा सानो अप्रिय घटनालाई पन्छाउँदै अझ सुरक्षित, व्यवस्थित र मनोरञ्जनात्मक वातावरणसहित रेस्टुरेन्टलाई नयाँ स्वरूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

दाउरा थकाली थकाली परिकारको स्वादका लागि परिचित गन्तव्य हो। अब भने यहाँको आकर्षण केवल खाना मात्र नभई संस्कृति र मनोरञ्जनको संगम पनि बन्ने भएको छ। रेस्टुरेन्टले विकेन्डमा विशेष कल्चरल शो सुरु गरेको छ, जसमा पाहुनाहरूले स्वादिष्ट थकाली थालीसँगै हिमाली जनजीवनका प्रतीक पात्रहरूको नाच हेर्न पाउनेछन्।

हरेक हप्ताको अन्त्यमा आयोजना हुने कार्यक्रममा यतीचा, मैचा, शेर खान (बाघ), भालुचा, सुँगुरचा, याकचा र पिकुचा (मयूर) जस्ता पात्रहरूको आकर्षक नृत्य प्रस्तुत गरिनेछ। व्यवस्थापनका अनुसार यी पात्रहरू हिमाली र पहाडी जनजीवनसँग जोडिएका प्रतीक हुन्, जसलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेर पाहुनाहरूलाई फरक अनुभव दिन खोजिएको हो।

रेस्टुरेन्टका सञ्चालकका अनुसार यो केवल भोजन स्थल मात्र नभई संस्कृति र मनोरञ्जन जोडिएको नयाँ अनुभव हो। ‘हामीले केवल रेस्टुरेन्ट मात्र खोलेका छैनौँ, नेपालको हिमाली र पहाडी जनजीवनका पात्रहरूलाई मनोरञ्जनमार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ,’उनले भने।

दाउरा थकालीले ग्राहक सेवा र आतिथ्यमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै संगीत, संस्कृति र स्वादलाई एउटै स्थानमा अनुभव गराउने लक्ष्य राखेको जनाएको छ।

पुल्चोक क्षेत्र आफैंमा क्याफे, रेस्टुरेन्ट र सांस्कृतिक गतिविधिका लागि परिचित गन्तव्य मानिन्छ। यसैबीच, दाउरा थकालीको पुनः सञ्चालनले यहाँ आउने खानाका पारखी र मनोरञ्जन खोज्ने पाहुनाहरूका लागि नयाँ आकर्षण थपिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit