Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रोटरी इन्टरनेशनलको निर्देशक बासुदेव गोल्याण सम्मानित

रोटरी इन्टरनेशनलको निर्देशक बासुदेव गोल्याण सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । गोल्याण ग्रुपको उपाध्यक्षसमेत रहेका बासुदेव गोल्याण रोटरी इन्टरनेशनलको जोन ५ र ६ का लागि रोटरी इन्टरनेशनल निर्देशक बनेका छन् । सन् २०२७–२०२९ कार्यकालका लागि निर्वाचित भएका उनी उक्त पदमा पुग्ने पहिलो नेपाली हुन् । रोटरी इन्टरनेशनलको निर्देशक बनेका बासुदेव गोल्याणलाई राजधानीमा एक भव्य समारोहका बीच सम्मान गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत फेब्रुअरी १० मा सम्पन्न निर्वाचनमा गोल्याणले भारतका तीन प्रभावशाली उम्मेदवारलाई पराजित गर्दै जित सुनिश्चित गरेका थिए । उनले कुल १ हजार ७ सय ५५ मतमध्ये ९ सय ८१ मत प्राप्त गरेका थिए । विशेष गरी भारतको बाहुल्यता रहेको जोन ६ (जहाँका १० मध्ये ९ वटा डिस्ट्रिक्ट भारतमा छन्) बाट नेपाली उम्मेदवार विजयी हुनुलाई रोटरी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

शनिबार रोटरी नेपाल र गोल्याण ग्रुपको सहकार्यमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले नवनिर्वाचित निर्देशक गोल्याणलाई सम्मान गरे । कार्यक्रममा रोटरी इन्टरनेशनलका अध्यक्ष ओलायिन्का हाकीम बाबालोलाले भिडियो कलमार्फत बधाई दिँदै गोल्याणको नेतृत्वले रोटरीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको जनाइएको छ।

सम्मान ग्रहण गर्दै नवनिर्वाचित निर्देशक बासुदेव गोल्याणले यो जित व्यक्तिगत मात्र नभई समग्र नेपालको सम्मान भएको बताए। उनले भने, ‘आज संसारलाई पहिलेभन्दा बढी रोटरीको आवश्यकता छ, हामी केवल सदस्य मात्र होइन, आशाका दूत बन्नेछौं ।’

आफ्नो दुई वर्षे कार्यकालका लागि उनले मुख्य दुई प्राथमिकतामा रोटरीमा नयाँ र उर्जावान सदस्यहरू जोड्ने र रोटरी फाउन्डेसनमार्फत हुने मानवीय कार्यमा सहभागिता बढाउने बताए । ‘पहुँच नभएकासम्म पुग्नुहोस्, सेवा नपाएकाहरूको सेवा गर्नुहोस् अनि प्रेरणाको स्रोत बन्नुहोस् ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit