काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र ताजा बेकरी उद्योगबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता अनुसार ताजा बेकरीका विभिन्न उत्पादनहरू खरिद गर्दा बिल रकममा १० देखि १५ प्रतिशतसम्म बैंकका ग्राहक तथा कर्मचारीले छुट प्राप्त गर्नेछन् ।
यो सुविधा न्यूनतम ५०० रुपैयाँको सामान खरिदमा लागू हुने बैंकले जनाएको छ। छुट प्राप्त गर्न ग्राहकहरूले नेपाल बैंकको मोबाईल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।
ताजा बेकरीका चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलास्थित शाखाहरूबाट यो सुविधा लिन सकिने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

















प्रतिक्रिया दिनुहोस्