Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

‘वित्तीय अनुशासन कायम गर्न अर्थमन्त्रीसँगको सहकार्य फलदायी’

‘वित्तीय अनुशासन कायम गर्न अर्थमन्त्रीसँगको सहकार्य फलदायी’
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका प्रमुख नियामक निकायका प्रमुखहरूबीच सोमबार छलफल भएको छ। अर्थ मन्त्रालयमा भएको उक्त भेटमा मुलुकको समग्र आर्थिक अवस्था, वित्तीय अनुशासन र आगामी कार्यदिशाका बारेमा समीक्षा गरिएको मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

छलफलमा अर्थ मन्त्रालयका तर्फबाट अर्थमन्त्री खनालसँगै राजस्व सचिव भूपाल बरालको उपस्थिति थियो। नियामक निकायहरूको नेतृत्व गर्दै गभर्नर डा.विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलगायत सहभागी थिए । भेटका क्रममा अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न नियामक निकायहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ।

विशेष गरी अर्थमन्त्रीले देशको समग्र अर्थतन्त्रलाई सन्तुलित राख्न आर्थिक स्थायित्वको प्रयास, उद्योग र व्यवसायका लागि उपयुक्त वातावरण निर्माण, पुँजी बजारमा सुधार तथा वित्तीय क्षेत्रमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने विषयमा नियामक निकायको खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

सो अवसरमा नियामक निकायका प्रमुखहरूले अर्थ मन्त्रालयको नीतिगत मार्गनिर्देशनले वित्तीय क्षेत्रमा सुधार ल्याउन मद्दत पुगेको धारणा राखेका छन् । गभर्नर पौडेल लगायतका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको उल्लेख गर्दै मन्त्रालयले अवलम्बन गरेका नीतिका कारण वित्तीय अनुशासन कायम गर्न सहज भएको प्रति आभार व्यक्त गरेको मन्त्रालयका प्रवक्ता पाण्डेयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit