Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बीमा, छुट्टै कार्ड बोक्नुपर्ने झन्झट हट्यो

अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा स्वास्थ्य बीमा, छुट्टै कार्ड बोक्नुपर्ने झन्झट हट्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई सघाउ पुर्‍याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस सम्झौतासँगै अब स्वास्थ्य बीमाका सम्पूर्ण विवरणहरू राष्ट्रिय परिचयपत्रको प्रणालीसँग एकीकृत हुनेछन्। विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब बीमितले अस्पतालमा सेवा लिन जाँदा छुट्टै बीमा कार्ड बोकिरहनु पर्ने छैन। राष्ट्रिय परिचय नम्बरकै आधारमा डिजिटल माध्यमबाट बिरामीको पहिचान प्रमाणीकरण गरिनेछ।

यस्तै, नयाँ बीमा दर्ता वा नवीकरण गर्दा व्यक्तिगत विवरणहरू पुनः भरिरहनु पर्ने छैन। प्रणालीले राष्ट्रिय परिचयपत्रको डाटाबेसबाट स्वतः विवरणहरू तान्ने भएकाले प्रक्रिया छिटो र छरितो हुनेछ। साथै, बायोमेट्रिक विवरणका आधारमा पहिचान हुने हुनाले एउटै व्यक्तिको दोहोरो दर्ता हुने समस्या पूर्ण रूपमा नियन्त्रण हुने अपेक्षा गरिएको छ।

बीमा दाबी र भुक्तानी प्रक्रियामा हुन सक्ने त्रुटी र अनियमिततालाई पनि यस एकीकृत प्रणालीले रोक्ने विश्वास लिइएको छ।

सरकारी सेवाहरूलाई एकद्वार प्रणालीमा ल्याउने लक्ष्य अनुरूप यो कदम चालिएको हो। स्वास्थ्य बीमा बोर्डले आगामी चैत २५ गतेदेखि स्वास्थ्य बीमाको अनलाइन दर्तालाई मात्र मान्यता दिने तयारी गरिरहेको सन्दर्भमा यो समझदारीले ठूलो महत्त्व राख्नेछ। हाल नेपालमा करिब १ करोड भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा आइसकेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit