Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

पुष्प व्यवसायमा पौन्य नौ अर्ब लगानी, सत्ताइसौँ ‘फ्लोरा एक्पो’ चैत ५ देखि हुँदै

पुष्प व्यवसायमा पौन्य नौ अर्ब लगानी, सत्ताइसौँ ‘फ्लोरा एक्पो’ चैत ५ देखि हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यो वर्ष पनि फ्लोरिकल्चर एसोसिएसन नेपालले फ्लोरा एक्सपो (पुष्प मेला) आयोजना गर्ने भएको छ । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले २०५१ सालदेखि निरन्तर रुपमा हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै आयोजकले यस वर्ष २७औँ संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्ने जानकारी दिएको हो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वाताबरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यही २०८२ चैत ५ देखि ८ गतेसम्म ‘२७औँ फ्लोरा एक्स्पो’ भृकुटीमण्डप प्रदर्शनी हल काठमाडौंमा सञ्चालन गर्न लागेको जानकारी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं मेलाका संयोजक रामबहादुर तामाङले बताए । उनका अनुसार फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल–६५,अफिसियल स्टल–११, प्रतिस्पर्धा स्टल–दुई, फुड स्टल–दुई, ल्यान्डस्केप स्टल–एक, सेल्फी स्टल–एक, बी वाई डी इभी कारको स्टल एकसहित गरी जम्मा ८३ वटा स्टल रहेको छ ।

विगत वर्षमा जस्तै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाहरुका विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फुल्ने बिरुवा, उत्कृष्ट ल्यान्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) मा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई मेला नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। साथै सदा झैँ यस वर्ष पनि लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको पुष्प व्यवसायीमध्येबाट एक जना छनोट गरी पुष्प व्यवसायीलाई कदर–पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ।

आयोजकले नेपालमा २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको अवस्था बताउँदै अहिले पुष्प व्यवसायबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था सिर्जना भएको जनाएको छ। साथै हाल ५२ जिल्लामा लगभग २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ। यस क्षेत्रमा आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी रहेको छ भने एक हजार २३५ भन्दा बढी पुष्प व्यवसायीमा संलग्न रहेका छन्। पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ५३ हजार ५०० भन्दा बढी जनशक्ति रोजगार रहेका छन भने केही वर्षयता पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा हुँदै आएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा करिब ६० हजार अवलोकनकर्ता आउने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit