काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै एलआरआर मोटर्स प्रा.लि.ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी गिली इ–एक्स५ म्याक्समा विशेष बिक्री योजना सार्वजनिक गरेको छ।
कम्पनीले ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ नाराका साथ Geely EX5 Max विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक उपहार र सुविधाहरू समेटेर हालै उक्त योजना सार्वजनिक गरेको हो । यो योजना चैत्र १ देखि वैशाख ७ सम्म लागू हुने कम्पनीले जनाएको छ।
यस विशेष अवधिभित्र Geely EX5 Max खरिद गर्ने ग्राहकहरूमध्ये २ जनाले ६ रात ७ दिनको थाइल्याण्ड भ्रमण प्याकेज पाउने छन् । यस्तै, एउटा स्मार्ट कफी मेसिन ,आकर्षक नगद छुट र झन्झटरहित फाइनान्सिङ सुविधाका साथै सडक दस्तुरमा १ वर्षको छुट उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
एलआरआर मोटर्स अत्याधुनिक प्रविधि, उच्च सुरक्षा र प्रिमियम फिचर्सका लागि नेपाली बजारमा परिचित छ।















प्रतिक्रिया दिनुहोस्