Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

प्रिमियम एसयूभी बजारमा टोयोटा ल्यान्ड क्रुजरको बढ्दो दबदबा

प्रिमियम एसयूभी बजारमा टोयोटा ल्यान्ड क्रुजरको बढ्दो दबदबा
विज्ञापन
Advertisement

काठमाडौं। नेपालको प्रिमियम एसयूभी बजारमा टोयोटा ल्यान्ड क्रुजरको लोकप्रियता निरन्तर बढिरहेको छ। उच्च मूल्यका बाबजुद यसको सुरक्षा, भरपर्दोपन, अफरोड क्षमता, उच्च पुनर्बिक्री मूल्य (रिसेल भ्यालु) र सामाजिक प्रतिष्ठाका कारण ल्यान्ड क्रुजर उच्च आय भएका ग्राहकहरूको पहिलो रोजाइ बन्दै गएको कम्पनीको भनाइ छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालको कठिन भूगोल र सडक अवस्थासँग सहज रूपमा अनुकूल हुने क्षमताले पनि ल्यान्ड क्रुजरप्रतिको आकर्षण बढाएको कम्पनीले जनाएको छ। व्यवसायी, उद्योगपति, राजनीतिक नेतृत्व तथा च्च आय भएका व्यक्तिहरूबीच यो मोडल विशेष लोकप्रिय छ।

नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले सन् २०२४ देखि ल्यान्ड क्रुजर २५० सिरिज बिक्री सुरु गरेको थियो। हाल दुई भेरियन्टमा उपलब्ध ल्यान्ड क्रुजर २५० को टप भेरियन्टको मूल्य ३ करोड ७९ लाख रुपैयाँ र अर्को भेरियन्टको मूल्य ३ करोड २२ लाख रुपैयाँ रहेको छ। त्यस्तै, ल्यान्ड क्रुजर ३०० सिरिजको मूल्य ५ करोड ३९ लाख रुपैयाँ तोकिएको छ।

कम्पनीका सेल्स म्यानेजर सन्तोष कार्कीका अनुसार देशभर फैलिएको सर्भिस नेटवर्क र स्पेयर पार्ट्सको सहज उपलब्धताले ग्राहकको विश्वास अझ बलियो बनाएको छ। टोयोटाले नेपालमा ६ दशकभन्दा लामो समयदेखि बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठका अनुसार पछिल्ला वर्षहरूमा प्रिमियम गाडीको माग उल्लेख्य रूपमा बढेको छ। उनका अनुसार अफरोड क्षमता, टिकाउपन, उच्च पुनर्बिक्री मूल्य र भरपर्दोपनका कारण ल्यान्ड क्रुजर २५० र ३०० सिरिजको बिक्री उत्साहजनक रहेको छ। उनले मूल्यभन्दा सुरक्षा र विश्वसनीयतालाई ग्राहकले बढी प्राथमिकता दिने बताए। ‘लामो दूरीको यात्रा वा दुर्गम क्षेत्रमा जाँदा गाडीले बीच बाटोमा साथ छाड्दैन भन्ने विश्वास नै टोयोटाको सबैभन्दा ठूलो शक्ति हो,’ श्रेष्ठले भने।

कम्पनीका अनुसार ल्यान्ड क्रुजरमा उत्कृष्ट सस्पेन्सन, इलेक्ट्रोनिक पावर स्टेरिङ, ८ देखि ९ वटासम्म एयरब्याग तथा अत्याधुनिक सुरक्षा प्रणाली उपलब्ध छन्। यही कारण यसलाई प्रिमियम एसयूभी सेग्मेन्टको विश्वसनीय मोडलका रूपमा लिइन्छ। श्रेष्ठका अनुसार विद्युतीय सवारी (ईभी) लोकप्रिय बन्दै गए पनि लामो दूरी, अफरोड यात्रा र देशभर ढुक्कसँग यात्रा गर्न चाहने ग्राहकको प्राथमिकतामा अझै पनि डिजेल ल्यान्ड क्रुजर नै पर्ने गरेको छ।

कोभिड–१९ महामारीका बेला बिक्री प्रभावित भए पनि आर्थिक गतिविधि सामान्य बन्दै गएसँगै प्रिमियम गाडीको माग पुनः बढ्न थालेको कम्पनीले जनाएको छ। यद्यपि शेयर बजारलगायत आर्थिक गतिविधिको उतारचढावले प्रिमियम सवारीको बिक्रीमा केही प्रभाव पार्ने कम्पनीको बुझाइ छ। ब्राण्ड रणनीतिकार प्रशान्त खत्रीका अनुसार नेपालमा ‘पैसा कमाएपछि टोयोटा किन्ने’ भन्ने धारणा नै स्थापित भइसकेको छ। विशेषगरी ल्यान्ड क्रुजर र प्राडोजस्ता मोडलहरू पुराना भए पनि बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले धेरै ग्राहकले यसलाई दीर्घकालीन लगानीका रूपमा समेत हेर्ने गरेका छन्।

उनका अनुसार ल्यान्ड क्रुजरको आकर्षक डिजाइन, बलियो रोड प्रेजेन्स र ब्रान्डसँग जोडिएको प्रतिष्ठाले पनि यसको लोकप्रियता बढाएको छ। ‘बजारमा अझ महँगा गाडी भए पनि ल्यान्ड क्रुजर सडकमा गुड्दा छुट्टै पहिचान र उपस्थितिको अनुभूति गराउँछ,’ उनले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit