Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरासहित ओप्पो ‘ए सिक्स एस प्रो’ नेपालमा, मूल्य कति ?

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरासहित ओप्पो ‘ए सिक्स एस प्रो’ नेपालमा, मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले फ्ल्यागशिप–प्रेरित डिजाइन, ५० मेगापिक्सेल अल्ट्रा–वाइड सेल्फी क्यामेरा, ७००० एमएएच ब्याट्री र ८० वाट सुपरभूक फ्ल्यास चार्जिङसहितको यो स्मार्टफोनको आधिकारिक मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकेको छ।

कम्पनीका अनुसार प्रिमियम स्मार्टफोन अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो स्मार्टफोनमा ५० एमपी (०.६ एक्स, १०० डिग्री पीओभी) अल्ट्रा–वाइड सेल्फी क्यामेरा दिइएको छ, जसले स्पष्ट, विस्तृत र प्राकृतिक रङका सेल्फी तथा ग्रुप फोटो खिच्न सहयोग गर्नेछ।

फोनमा ६.५७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्ज रिफ्रेस रेट र १,४०० निट्ससम्मको ब्राइटनेस उपलब्ध छ। यसले स्मूथ स्क्रोलिङ, छरितो रेस्पोन्स तथा घाममा पनि सहज दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। ओप्पो ए सिक्स एस प्रोमा ७००० एमएएच ब्याट्री र ८० वाट सुपरभूक फ्ल्यास चार्जिङ सपोर्ट छ। कम्पनीका अनुसार यो प्रविधिले करिब ६१ मिनेटमै फोनलाई पूर्ण चार्ज गर्न सक्षम बनाउँछ।

पर्फर्मेन्सका लागि स्मार्टफोनमा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर प्रयोग गरिएको छ, जसले मल्टिटास्किङ, गेमिङ तथा मनोरञ्जनका लागि सहज अनुभव दिने बताइएको छ। साथै, यसमा आईपी६९के रेटिङ भएकाले पानी र धुलोबाट समेत सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। फोनमा प्रिमियम थ्रीडी डायनामिक ग्लो डिजाइन समावेश गरिएको छ, जुन लुमिना फरेस्ट र इक्लिप्स ब्लू दुई रङमा उपलब्ध छ। फोटोग्राफीका लागि यसमा ५० एमपी २ एमपी रियर क्यामेरा सेटअप दिइएको छ।

लन्च अफरअन्तर्गत ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्ट खरिद गर्ने ग्राहकले दुई महिनाको रिप्लेसमेन्ट पोलिसी सुविधा पनि पाउनेछन्। यो योजना जुलाई ३ देखि अगस्ट २, २०२६ सम्म खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ भने योग्य ग्राहकले सेप्टेम्बर २, २०२६ सम्म रिप्लेसमेन्ट सुविधा दाबी गर्न सक्ने कम्पनीले जनाएको छ।

ओप्पो ए सिक्स एस प्रो नेपालभरका आधिकारिक रिटेल स्टोरमा ५६ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले यो स्मार्टफोन ईएमआई सुविधामार्फत पनि खरिद गर्न सक्ने कम्पनीले प्रस्ट पारेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit