Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

विद्युतीय व्यावसायिक सवारी प्रवद्र्धनमा ससीला मोटर्स र काबरा ग्रुपबीच सहकार्य

विद्युतीय व्यावसायिक सवारी प्रवद्र्धनमा ससीला मोटर्स र काबरा ग्रुपबीच सहकार्य
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको बजारलाई थप विस्तार गर्न ससीला मोटर्स प्रा.लि. र ओम्नी (काबरा) ग्रुपबीच रणनीतिक साझेदारी भएको छ।

विज्ञापन
Advertisement
Advertisement

दुई कम्पनीबीच भएको सम्झौताअनुसार अब चिनियाँ ब्रान्डका चर्चित किटोन भ्यान र चेरी वान्डा बसको नेपालभरको आधिकारिक बिक्री–वितरण ओम्नी ग्रुपले गर्नेछ ।नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित र अनुभवी यी दुई कम्पनीबीचको सहकार्यलाई व्यावसायिक सवारीसाधनको क्षेत्रमा एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

व्यावसायिक सवारीसाधनको क्षेत्रमा करिब ३५ वर्षदेखि सक्रिय रहँदै आएको ओम्नी (काबरा) ग्रुपले अब ससीला मोटर्ससँगको सहकार्यमा यी दुई ब्रान्डका गाडीहरूलाई देशभरका ग्राहकमाझ पुर्‍याउने जनाएको छ। ससीला मोटर्स नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधन भित्र्याउने र प्रवद्र्धन गर्ने अग्रणी कम्पनीका रूपमा चिनिन्छ ।

ससीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाका अनुसार यो साझेदारीले नेपालमा विद्युतीय सवारीको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याउनेछ । उनका अनुसार विद्युतीय व्यावसायिक सवारीसाधनको प्रवद्र्धन, देशव्यापी पहुँच र ग्राहकलाई भरपर्दो सेवा सुनिश्चित गर्न यो सहकार्य कोशेढुङ्गा सावित हुनेछ।

त्यसैगरी, ओम्नी (काबरा) ग्रुपका निर्देशक उदयन काबराले बजारको माग र आवश्यकतालाई ध्यानमा राख्दै प्रभावकारी र दिगो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले देशभर आफ्नो सञ्जाल विस्तार गर्दै बिक्रीपछिको सेवा (सर्भिस) र अन्य सुविधाहरूलाई थप चुस्त र विश्वसनीय बनाइने जानकारी दिए ।

नेपालमा पछिल्लो समय विद्युतीय गाडीको माग बढिरहेको सन्दर्भमा यो सहकार्यले व्यावसायिक प्रयोजनका लागि (लामो तथा छोटो दुरीका बस र सामान ढुवानीका लागि भ्यान) गुणस्तरीय विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit