Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

दोहोरो अंकले उकालो लागेको शेयर बजारमा २१ अर्बको कारोबार

दोहोरो अंकले उकालो लागेको शेयर बजारमा २१ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर २८ सय ७७ दशमलव ०३ को बिन्दुमा कायम भएको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा दुई दशमलव ३० प्रतिशतको वृद्धि हो। आज बजार खुलेदेखि निरन्तर उकालो लागेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

आज २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनीको स्थिर रहेका छन् । आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि ९ अर्बले बढेको छ । मङ्गलबार १२ अर्ब तीन करोड ४४ लाख छ बराबरको कारोबार भएकामा आज २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा बढी तीन दशमलव ९५ प्रतिशतले बढेको छ। बैंकिङ तीन दशमलव १६, फाइनान्स एक दशमलव ९४, होटल तथा पर्यटन एक दशमलव ७५, हाइड्रोपावर दुई दशमलव ३०, लगानी एक दशमलव ७७, जीवन बिमा दुई दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, माइक्रोफाइनान्स एक दशमलव २४, निर्जीवन बिमा एक दशमलव ८०, अन्य एक दशमलव ९७ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले बढेका छन्।

कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ। बिहीबार सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्य पाँच दशमलव १२ प्रतिशतले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit