Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्य सात दिनमै ३४ हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य सात दिनमै ३४ हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सुन– चाँदीको मूल्यमा सोमबार पनि गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो। आज उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ७५ हजार ५०० रुपैयाँ खर्चिनुपर्नेछ ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि आइतबार सुनको भाउ तोलामा साढे १२ हजार रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँ कायम भएको थियो। त्यसअघिको कारोबार दिनमा (शुक्रबार) सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ र बिहीबार तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । चैत २ गते प्रतितोला ३ लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ एक सातामा ३४ हजार रुपैयाँले सस्तिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ तोकिएको छ । हिजो एक तोला चाँदी ४ हजार ५४० रुपैयाँमा किनबेच भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी ११५ रुपैयाँले घटेको छ । यसअघि सुनको  मूल्य फरक पर्न गएकोमा सच्चाइएको छ। –सम्पादक 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit