Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

माछापुच्छ्रे क्यापिटलद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटलद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
विज्ञापन
Advertisement

काठमाडाैं । माछापुच्छ्रे क्यापिटल लिमिटेड ले ग्लोबल मनी विक–२०२६ को अवसरमा वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी सम्पन्न गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत क्यापिटलले बालबालिका तथा युवाहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न शिक्षामूलक कार्यक्रमहरू आयोजना गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

ग्लोबल मनी विक २०२६ विश्वव्यापी रूपमा सन् २०१२ देखि मनाइँदै आएको अभियान हो, जसको संयोजन OECD अन्तर्गत गरिन्छ। यस वर्ष मार्च १६ देखि २२, २०२६ (चैत्र २–८, २०८२) सम्म “Smart Money Talks” भन्ने नाराका साथ यसको चौधौं श्रृंखला मनाइएको थियो।

उक्त अवसरमा क्यापिटलले चैत्र ३ गते वितारा बालग्राम, चैत्र ६ गते श्री जनता माध्यमिक विद्यालय तथा चैत्र ८ गते बोडे माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनका कर्मचारीहरूबीच वित्तीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

कार्यक्रममार्फत सहभागीहरूलाई वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्ति विकासमा सहयोग पुगेको क्यापिटलले जनाएको छ। सानै उमेरदेखि आर्थिक रूपमा सचेत बनाउँदै जिम्मेवार वित्तीय निर्णय लिन सक्षम बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमले दीर्घकालीन रूपमा वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

माछापुच्छ्रे बैंक लिमिटेड को सहायक कम्पनीका रूपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोष सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। साथै, यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit