Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

ज्योति विकास बैंकद्वारा ग्लोबल मनी विक २०२६ मा देशव्यापी वित्तीय साक्षरता अभियान, २२०० भन्दा बढी लाभान्वित

ज्योति विकास बैंकद्वारा ग्लोबल मनी विक २०२६ मा देशव्यापी वित्तीय साक्षरता अभियान, २२०० भन्दा बढी लाभान्वित
विज्ञापन
Advertisement

काठमाडाैं । ज्योति विकास बैंक ले ग्लोबल मनी विक २०२६ को अवसरमा देशव्यापी रूपमा वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले चैत्र २ देखि ८ (मार्च १६–२२, २०२६) सम्म ‘ स्मार्ट मनी विक’ नारासहित विभिन्न कार्यक्रम आयोजना गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

ग्लाेवल मनि विक २०२६ अन्तर्गत बैंकले आफ्ना विभिन्न शाखा तथा प्रादेशिक कार्यालयमार्फत विद्यालय र कलेजहरूमा केन्द्रित ३० भन्दा बढी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

कार्यक्रममा आधुनिक बैंकिङ, वित्तीय अनुशासन, बचत, लगानी, खर्च व्यवस्थापन, डिजिटल बैंकिङ, नगदरहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी तथा OTP सम्बन्धी सचेतना जस्ता विषय समेटिएका थिए।

बैंकका अनुसार उक्त अभियानबाट देशभर करिब २२०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। साथै, सामाजिक सञ्जालमार्फत अडियो–भिजुअल सामग्री प्रकाशन तथा प्रभातफेरी कार्यक्रममार्फत पनि वित्तीय सचेतना फैलाइएको थियो।

बैंकले यस्ता कार्यक्रममार्फत सानै उमेरदेखि बालबालिका र युवाहरूलाई वित्तीय रूपमा सचेत बनाउँदै जिम्मेवार निर्णय लिन सक्षम बनाउने तथा दीर्घकालीन रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ। अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गरेको दाबी गर्दै बैंकले नवजात शिशुको जीवन रक्षा अभियानअन्तर्गत ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष हजारौं शिशुको जीवन जोगाउन योगदान पुर्‍याउँदै आएको जनाएको छ। हाल बैंकले देशभर ११७ शाखा कार्यालय,३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit