Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सर्वदलीय बैठक बुधबार हुँदै

सर्वदलीय बैठक बुधबार हुँदै
विज्ञापन
Advertisement

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार अपराह्न १ः०० बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ः०० बजे सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २ः०० बजे हुँदैछ ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit