काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको नेतृत्वमा नरेश कँडेल निर्वाचित भएका छन् ।
बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष र गण्डकी प्रदेश समितिमा कार्यकारिणी सदस्य रहेका कँडेलसहित पदाधिकारी र सबै कार्यकारिणी सदस्यहरू छलफलबाट निर्विरोध निर्वाचित गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरू एसोसिएट्सबाट सूर्यबहादुर भुजेल, वस्तुगतबाट हरिकुमार श्रेष्ठ र जिल्लारनगरबाट मृगेन्द्र घिमिरे निर्वाचित भएका छन् भने कोषाध्यक्षमा राजेन्द्र ओझा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरूमा रामचन्द्र रेग्मी (एसोसिएट्स), विमल प्रसाद रिमाल (जिल्लारनगर), रामकुमार श्रेष्ठ (जिल्लारनगर), दिपक प्रसाद सापकोटा (जिल्लारनगर), ठाकुर वि. पौडेल (जिल्लारनगर), हिरामणि पण्डित (वस्तुगत), काशी गुरुङ (एसोसिएट्स) र हस्त बहादुर खड्का (जिल्लारनगर) निर्वाचित भएका छन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्