काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङस्थित ओलाङचुङगोला नजिक केन्द्रविन्दु भएर आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतसँग जोडिएको क्षेत्रमा रहेको छ ।
भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ । यस्तै, काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको थियो।















प्रतिक्रिया दिनुहोस्