Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

सोल्टी होटलले शेयरधनीलाई २० प्रतिशत बोनस दिने, नगद लाभांश कति ?

सोल्टी होटलले शेयरधनीलाई २० प्रतिशत बोनस दिने, नगद लाभांश कति ?
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १६.८४२१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको नगद लाभांशमा लाग्ने करसमेत जोड्दा कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा वितरण हुनेछ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस २१ गते ५२औँ वार्षिक साधारणसभा बोलाएको छ। काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा बिहान १० बजे सभा आयोजना हुनेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ३० गतेसम्म शेयरधनी कायम रहेका लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।

हाल सोल्टी होटलको चुक्ता पुँजी १ अर्ब १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ। कम्पनीको ११ करोड ७५ लाख १५ हजार २५४ कित्ता साधारण शेयर सूचीकृत छन्। प्रस्तावित २० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी थप वृद्धि हुनेछ। यद्यपि, लाभांश वितरणसम्बन्धी प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनिले पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit