Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दिन भारत तयार, ताेडियाे वर्षाैंदेखिकाे अन्याेलता

काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दिन भारत तयार, ताेडियाे वर्षाैंदेखिकाे अन्याेलता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तामा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको उक्त हवाई मार्गलाई दुवैतर्फी सञ्चालन गर्ने सहमति भएको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको छलफलपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा हवाई सम्पर्क विस्तार तथा द्विपक्षीय आर्थिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सहमति गरिएको उल्लेख छ।

हाल काठमाडौं–भैरहवा–लखनउ हवाई रुट एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। अब यसलाई दुवैतर्फी बनाउन दुवै देश सहमत भएका छन्। यसका लागि आवश्यक प्राविधिक परामर्श गरी सञ्चालनको प्रक्रिया र कार्यविधि टुंगो लगाइने विज्ञप्तिमा जनाइएको छ।

त्यसैगरी हवाई सम्पर्क विस्तारका लागि दुवै देशबीच छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई समेत प्राविधिक परामर्शमार्फत अघि बढाइने भएको छ।

यस सहमतिले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता बढाउन, भैरहवालाई क्षेत्रीय हवाई सम्पर्कको केन्द्रका रूपमा विकास गर्न तथा नेपाल–भारतबीचको पर्यटन र व्यापारिक आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच हवाई सम्पर्क विस्तारलाई द्विपक्षीय आर्थिक सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउने सहमति पनि भएको छ।
यस अघि भएको सम्झौतामा भने हवाई रुट बारे सम्झौता भएको थिएन तर, संयुक्त विज्ञप्ति मार्फत हवाई रुट दिन भारत तयार भएको हो। यो सँगै लामो समयदेखि अन्योल रहेको भैरहवा विमानस्थलको अवरोधमा ब्रेकथ्रु भएको छ । यसले बालेन शाहको भारत भ्रमणको उपलब्धतालाई बढाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit