Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको १८ औं वार्षिकोत्सव सम्पन्न

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको १८ औं वार्षिकोत्सव सम्पन्न
विज्ञापन
Advertisement

 काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोवार प्रारम्भ गरेको हो । उन्नाइसौं वर्ष प्रवेशको उपलक्ष्यमा २०८२ चैत्र २० गतेदेखि सप्ताहव्यापीरुपमा देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना भइरहेको छ ।

वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै कम्पनीले चैत १२ र १३ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।

यसैगरी किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालसँगको सहकार्यमा आयोजित निःशुल्क दन्त शिविरबाट ६६ जना लाभान्वित भएका छन् ।

साथै देशभरका विभिन्न १०२ वटा शाखा, उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत सामाग्री वितरण गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा मिति २०८२ चैत १२ र २० गते आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा सत्र वर्षदेखि निरन्तर सहयोग पुऱ्याउँदै आएको बताए । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिवद्ध रहेको व्यक्त गरे ।

सो अवसरमा कम्पनीको सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तथा प्रधान कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यस कम्पनीको चालू आ।व २०८२÷८३ को फागुनसम्ममा जीवन बीमाकोष ५० अर्व ८५ लाख, कूल लगानी ५० अर्ब ४५ करोड रहेको छ । यसैगरी, कम्पनीले फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु। ६७ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेको छ ।

पौष मसान्तसम्ममा यस कम्पनीको सकृय बीमालेख संख्या ७ लाख ५३ हजार रहेको छ। चालू आ।व मा फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु। ६ अर्ब ५२ करोड आर्जन गरेको छ।

अधिकृत पूँजी रु ६ अर्ब रहेको यस कम्पनीको चुक्ता पूँजी ५ अर्व २५ करोड १२ लाख ९५प्रतिशत बोनश शेयर सूचीकृत पश्चात् कायम हुने० रहेको कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit