Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको आगामी नेतृत्वका लागि दुर्गाराज श्रेष्ठले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् । हाल बागमती प्रदेश महासंघको उपाध्यक्ष पदमा कार्यरत श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

समृद्ध प्रदेश र व्यवसायीको सुरक्षा मुख्य एजेण्डा रहेको उनले बताएका छन् । श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्दै बागमती प्रदेशलाई आर्थिक र औद्योगिक हब बनाउने संकल्प गरेका छन् । उनका मुख्य चुनावी एजेण्डाहरूमा नीतिगत सुधार र लबिङ : प्रदेश सरकारसँग बलियो समन्वय गरी उद्योगी र व्यवसायीमैत्री आर्थिक नीति निर्माणमा प्रभावकारी भूमिका खेल्ने, बजार अनुगमनमा सरलीकरण: अनुगमनको नाममा व्यवसायीले भोग्नुपर्ने अनावश्यक सास्ती र हैरानी अन्त्य गर्न स्पष्ट मापदण्ड तयार पार्ने , जिल्ला, नगर तथा वस्तुगत संघहरूको संस्थागत र भौतिक संरचना सुदृढ गर्दै तिनको क्षमता विकासमा लगानी गर्ने रहेका छन् । साथै, साना तथा मझौला उद्योगलाई लक्षित गरी कर प्रणाली र लेखा प्रणालीमा देखिएका समस्या समाधान गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ।

उनको व्यावसायिक यात्रा २०६२ सालदेखि सुरु भएको हो । व्यवसायमा सक्रिय श्रेष्ठ नेपाल वितरक संघको पूर्व अध्यक्ष (२०७४–२०७६) समेत रहिसकेका छन् । श्रेष्ठ उद्योग वाणिज्य संघ काठमाडौंको संस्थापक हुनुका साथै हाल महासचिवको जिम्मेवारीमा छन्। यस्तै, नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको कार्यकारी सदस्यका रूपमा उनले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली व्यवसायको प्रतिनिधित्व गर्दै आएका छन् ।

पोखरा विश्वविद्यालयबाट एमबीए गरेका श्रेष्ठले आफ्नो शैक्षिक योग्यता र दशकौँको व्यावसायिक अनुभवलाई प्रदेशको आर्थिक समृद्धिमा लगाउने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवारी उद्घोष गरेका हुन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit