Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुन बजारमा भन्सार महसुल दोब्बर बनाउँदाको प्रभाव : बजेटले तोलामा २० हजार ५ सयले वृद्धि भयो सुन

सुन बजारमा भन्सार महसुल दोब्बर बनाउँदाको प्रभाव : बजेटले तोलामा २० हजार ५ सयले वृद्धि भयो सुन
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट घोषणा गरेपछिको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुन र चाँदीको मूल्य ह्वात्तै बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार सार्वजनिक गरिएको नयाँ बजेटमार्फत सरकारले सुनको भन्सार महसुल दोब्बर पारेपछि आइतबार स्थानीय बजारमा सुनको भाउ एकैदिन प्रतितोला २० हजार ५०० रुपैयाँले ह्वात्तै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँले वृद्धि भएको थियो।

सुनसँगै आइतबार चाँदीको मूल्य पनि आकासिएको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एकैदिन ३४५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ।

अर्थमन्त्रीले भन्सार दर बढाउदा मूल्य वृद्धि

सरकारले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा सुनको भन्सार महसुल साविकको १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। सरकारले २ प्रतिशत विलासिता कर हटाए पनि भन्सार महसुल दोब्बर बनाउँदा त्यसको सीधा असर बजार मूल्यमा परेको व्यवसायीहरू बताउँछन्।

यसैबिच, अन्तर्राष्ट्रिय बजारमा पनि आइतबार सुनको मूल्य प्रतिऔंस ४ हजार ५४० अमेरिकी डलर कायम भई कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको बढ्दो ट्रेन्ड र आन्तरिक रूपमा भन्सार नीतिमा आएको परिवर्तनका कारण नेपाली बजारमा आज सुनचाँदीको भाउ आकासिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit