Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाली कांग्रेस अनुशासन समितिद्वारा पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण

नेपाली कांग्रेस अनुशासन समितिद्वारा पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

समितिका अनुसार, यसअघि २०८२ चैत १४ गते अनधिकृत रूपमा नक्कली लेटरप्याड प्रयोग गरी पार्टीको जिम्मेवारीसम्बन्धी भ्रामक प्रेस विज्ञप्ति जारी गरिएको विषयमा एक पटक सचेत गराइसकिएको थियो । तर चेतावनीपछि पनि २०८२ चैत ३० गते पुनः नक्कली लेटरप्याड प्रयोग गरी अर्को अनधिकृत विज्ञप्ति जारी गरिएको देखिएकाले उक्त कार्य पार्टी विधानविपरीत भएको ठहर गरिएको समितिले जनाएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरिएको बैठकले स्पष्ट पारेको छ ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा पार्टी सदस्यहरूबाट अनुशासन उल्लंघनसम्बन्धी उजुरी पठाउने म्याद २०८३ वैशाख मसान्तसम्म थप गरिएको छ । यसअघि निर्धारण गरिएको चैत्र मसान्तको समयसीमा अब विस्तार गरिएको हो ।

समितिले तोकिएको नयाँ समयसीमाभित्र प्राप्त हुने उजुरीहरूमाथि मात्र कारबाही हुने र त्यसपछि प्राप्त उजुरीहरूमा कुनै प्रक्रिया अघि नबढाइने पनि स्पष्ट गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit