Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

२०६२-०६३ यताका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थको सम्पत्ति छानबिन हुने, सरकारले बनायो आयोग

२०६२-०६३ यताका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थको सम्पत्ति छानबिन हुने, सरकारले बनायो आयोग
विज्ञापन
Advertisement

काठमाडौं।सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

२०६२-२०६३ यताको सार्वजनिक पद धारण गरेका साथै राजनीतिक पदाधिकारी तथा उच्च पदस्थको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिनका लागि ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ गठन गर्ने निर्णय भएको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पूर्वन्यायाधीशहरू पुरूषोत्तम पराजुली र चण्डीराज ढकाल साथै पूर्वप्रहरी नायव निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल आयोगमा सदस्य रहेका छन्।

पोखरेलका अनुसार अर्को चरणमा २०४६ यताका राजनीतिक र उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति पनि छानबिन हुने छ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुदाँमा यसबारे उल्लेख गरिएको छ।

उक्त बुँदामा देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख छ।

छानबिन प्रक्रियालाई कानूनी मापदण्ड, प्रमाणमा¹ आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा आयोगले पेस गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit