Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सभामुखसँग एनएफपिजेका प्रतिनिधिको भेट

सभामुखसँग एनएफपिजेका प्रतिनिधिको भेट
विज्ञापन
Advertisement

काठमाडौ: सभामुख डिपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालमा आबद्ध फोटो पत्रकारहरूको टोलीले भेटगरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले संसदीय रिपोर्टिङका समस्याबारी जानकारी दिँदै समाधानका लागि आग्रह गरेका हुन् ।

सभामुख अर्याललाई अध्यक्ष वन्तले पदभार सम्हालेकामा बधाई दिँदै फोटो पत्रकारहरूले कार्यक्षेत्रमा सामना गरिरहेका विभिन्न चुनौतीबारे जानकारी गराए । उनले विशेषगरी संसद् परिसरमा काम गर्ने फोटो पत्रकारहरूलाई आवश्यक सहजीकरणका लागि समन्वयात्मक पहल गरिदिन आग्रह गरे ।

सभामुख अर्यालले हाल संसद् बैठक अस्थायी संरचनाबाट सञ्चालन भइरहेको उल्लेख गर्दै नयाँ संसद् भवन सञ्चालनमा आएपछि यस्ता समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गरे । नयाँ भवन सञ्चालनका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको जनाउँदै उहाँले निकट भविष्यमै नयाँ भवनमा वैठक सुरु गर्ने योजना रहेको उनले बताए ।

फोटो पत्रकारहरूको पेसागत हकहित र कार्यसुविधा सुनिश्चित गर्न आफू सकारात्मक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त पनि व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit