Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भू-राजनीतिमा लैङ्गिक दृष्टिकोणलाई महत्त्वका साथ उठान गरिनुपर्नेमा जोड

भू-राजनीतिमा लैङ्गिक दृष्टिकोणलाई महत्त्वका साथ उठान गरिनुपर्नेमा जोड
विज्ञापन
Advertisement

काठमाडौं । भू-राजनीतिमा लैङ्गिक दृष्टिकोणलाई महत्त्वका साथ उठान गरिनुपर्नेमा सरोकार भएका निकायका प्रतिनिधिले जोड दिएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले फेड्रिक इबर्ट स्टिफटङ .(एफसिएस) सँगको सहकार्यमा आयोजना गरेको दुईदिने अन्तरक्रिया कार्यक्रमअन्तर्गत आज दोस्रो दिनको छलफलमा सहभागीहरूले भू(राजनीतिमा लैङ्गिक समानताका विषयलाई महत्त्वपूर्ण स्थान दिनुपर्नेमा जोड दिएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

आज ‘रिफ्रेमिङ जियोपोलिटिक्स थ्रु अ जेन्डर प्रस्पेक्टिभ’ विषयमा भएको छलफलमा महिला अधिकारकर्मी, राजनीतिककर्मी, कूटनीतिज्ञ, भू-राजनीतिक विशेषज्ञ एवं पत्रकारहरूले राजनीतिक परिवर्तनले लैङ्गिक समानतामा सकारात्मक परिवर्तन ल्याएको बताए ।

कार्यक्रमको मुख्य वक्ताका रूपमा रहनुभएका नेपाली सेनाका पूर्वउपरथी डा. पूर्णबहादुर सिलवालले भू(राजनीति र सुरक्षाको दृष्टिकोणमा लैङ्गिक अवस्थाबारे धारणा राखे। उनले समयसँगै आएको राजनीतिक परिवर्तनले लैङ्गिक समानतामा रुपान्तरण गर्दै ल्याएका भन्दै यसले सकारात्मक सन्देश दिएको बताए ।

पूर्वउपरथी सिलवालले माओवादी जनयुद्धपछि सैनिक क्षेत्रमा महिला सैनिकको वृद्धि भएको बताउँदै अहिले १२ प्रतिशत महिला सहभागिता पुगिसकेको जानकारी दिए । उनले राजनीतिक तथा सामाजिक द्वन्द्वमा सबैभन्दा बढी प्रभावित महिला र बालबालिका हुने गरेकाले उनीहरूको सुरक्षाको पाटो संवेदनशील तरिकाले विश्लेषण गर्नुपर्ने राय राखेका छन् ।

समूहगत छलफलमा पूर्वमन्त्री विद्या भट्टराईले इतिहासकालदेखि भूगोलको राजनीतिमा महिलाको सहभागिता उच्च रहँदै आए पनि महिलालाई राज्यले नीतिगत रूपमा बलियो स्थान दिन नसकेको तर्क राखे । उनले राज्यले सधैँ सीमाको सुरक्षामा मात्रै नहेरी अब मानव सुरक्षाको दृष्टिले भू-राजनीतिको परिभाषा परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

‘इतिहासकालदेखि महिलाले राज्य सुरक्षामा योगदान दिँदै आए छन् । तर, उनीहरूको क्षमतालाई राज्यले स्वीकार गर्न सकेको छैन’, पूर्वमन्त्री भट्टराईले भने, ‘महिलालाई सर्वप्रथम नागरिकको दृष्टिले हेर्न जरुरी छ । पूर्ण मानव अधिकारको स्वरुपमा समेटिनु आज पनि उत्तिकै आवश्यकता देखिन्छ । जुन राज्यले गर्न सकिरहेको छैन ।’

समूहगत छलफलका अर्का वक्ता अन्तरराष्ट्रिय सम्बन्धका अध्ययेता बुद्ध छिरिङ मोक्तानले भू-राजनीतिमा लैङ्गिक दृष्टिकोणको परिभाषामा परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिए । पूर्वीय दर्शनलाई आधार बनाएर लैङ्गिक समानताका मुद्दा बलियोसँग उठान गर्न सकिने उनको तर्क छ । पूर्वीय दर्शनमा महिला शक्तिका प्रतीक हुन् भन्ने रहेकाले सोहीअनुरुप अधिकार र पहुँचको आधारशीला निर्माण गरिनुपर्ने उनको सुझाव छ ।

नेपाली टाम्सका सम्पादक सोनिया अवालेले सञ्चारमाध्यममा भू-राजनीतिको मुद्दा उठान गर्दा महिला पात्रको नेतृत्व क्षमताभन्दा पनि पीडित पक्षका रूपमा मात्रै प्रतिबिम्वित गर्ने परिपाटी रहेको धारणा राखे । यस्तो अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्। आफूले पत्रकारीतामार्फत फरक समाचार लेखनको अभ्यास गर्दै आएको अनुभव सुनाए।

कार्यक्रममा पत्रकार अनिल गिरीले ‘भू-राजनीतिक पत्रकारिता कसरी गर्ने’ भन्नेबारे प्रशिक्षण दिएका हुन् भने र फोटो पत्रकार वर्षा शाहले फोटो पत्रकारिताको अनुभवसहितको प्रस्तुति दिईन्।

म्यागका कार्यकारी निर्देशक एवं पत्रकार बबिता बस्नेतले भू-राजनीति र कूटनीतिक विषयमा महिला पत्रकारको सहभागिता अत्यन्त न्यून रहेकाले यसप्रति उत्पेरित गर्न दुईदिने अन्तरक्रियात्मक कार्यक्रम गरिएको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit