Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुन–चाँदीको भाउ उकालो, आज कति पुग्यो मूल्य ?

सुन–चाँदीको भाउ उकालो, आज कति पुग्यो मूल्य ?
विज्ञापन
Advertisement

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) घटेको सुनको भाउ पुनः उकालो लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार प्रतितोला ३ हजार रूपैयाँले घटेको सुन आज भने प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार हाल सुन प्रतितोला ३ लाख एक हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार भने सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज बढेर पाँच हजार दुई सय २५ रूपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस चार हजार आठ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit