Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चितवनमा कजारियाको नयाँ शोरुम, क्षेत्रीय विस्तारलाई थप बल

चितवनमा कजारियाको नयाँ शोरुम, क्षेत्रीय विस्तारलाई थप बल
विज्ञापन
Advertisement

चितवन । कजारिया रमेश टायल्स लिमिटेड ले आफ्नो बजार विस्तार रणनीतिलाई निरन्तरता दिँदै चितवनको मंगलपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। अथर्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुम सोमबार बिहान औपचारिक रूपमा उद्घाटन गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

उद्घाटन कार्यक्रममा कम्पनीका निर्देशक हिमांशु अग्रवाल को उपस्थिति रहेको थियो। उनले प्रमुख क्षेत्रीय बजारहरूमा कम्पनीको पहुँच विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउँदै चितवनमा शोरुम सञ्चालनलाई महत्वपूर्ण उपलब्धि भएको बताए।

‘अथर्व इन्टरप्राइजेजसँगको सहकार्यमा चितवनमा उपस्थिति विस्तार गर्न पाउँदा हामी उत्साहित छौं,’ अग्रवालले भने, ‘यस क्षेत्रमा पूर्वाधार र आवास निर्माणको माग बढ्दो छ। त्यसैले गुणस्तरीय र डिजाइन–केन्द्रित टायल समाधानका लागि ठूलो सम्भावना देखिन्छ।’नयाँ शोरुममार्फत चितवन र आसपासका ग्राहकहरूले कजारियाका प्रिमियम टायल उत्पादनहरू सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको विश्वास छ।

कम्पनीले नेपालभर आफ्नो सञ्जाल विस्तार गर्दै टायल उद्योगमा विश्वासिलो ब्रान्डको रूपमा पहिचान बनाउँदै आएको छ। उन्नत प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत कजारियाले गुणस्तर, नवीनता र आकर्षक डिजाइनलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

हाल कम्पनीसँग ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध छन्। उत्पादनहरूमा विभिन्न साइजका ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी टायल तथा सेरामिक वाल टायल समावेश छन्, जुन पानी तथा दाग प्रतिरोधी, दीगो र आधुनिक डिजाइनयुक्त छन्।

कजारियाले नेपालभर १०० भन्दा बढी शोरुमहरूको सञ्जाल विस्तार गरिसकेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरका टायल समाधान उपलब्ध गराउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit