Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सन फार्माले ११.७५ अर्ब डलरमा अर्गानन किन्न गर्यो सहमति

सन फार्माले ११.७५ अर्ब डलरमा अर्गानन किन्न गर्यो सहमति
विज्ञापन
Advertisement

काठमाडौं । भारतीय औषधि उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा ठूलो कदम चालेको छ । भारतको सन फार्मास्युटिकलले अमेरिकी महिला स्वास्थ्य सेवा कम्पनी अर्गाननलाई ११ अर्ब ७५ करोड डलरमा खरिद गर्ने सम्झौता गरेको घोषणा गरेको छ । यसलाई भारतीय औषधि कम्पनीहरूको रणनीतिक रूपान्तरणको महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिअनुसार सन फार्माले अर्गाननका लगानीकर्ताहरूसँग रहेको सबै जारी सेयरहरू प्रतिसेयर १४ डलरका दरले पूर्ण नगद कारोबारमार्फत खरिद गर्नेछ । दुवै कम्पनीका सञ्चालक समितिबाट स्वीकृत भइसकेको यो सम्झौता आवश्यक नियामक तथा सेयरधनी अनुमोदन प्राप्त भएपछि सन् २०२७ को सुरुतिर अन्तिम रूप पाउने अपेक्षा गरिएको छ ।

सन फार्माका अध्यक्ष दिलीप साङ्घवीले अर्गाननको पोर्टफोलियो, प्राविधिक क्षमता र विश्वव्यापी उपस्थितिले आफ्नै व्यवसायलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार दुई कम्पनीको संयोजनले अझ व्यापक र विविध प्लेटफर्म निर्माण गर्नेछ, जसले भविष्यको प्रतिस्पर्धामा मजबुत आधार तयार पार्नेछ ।

कम्पनीले यो अधिग्रहण आफ्नो ‘इनोभेटिभ मेडिसिन’ व्यवसाय विस्तार गर्ने दीर्घकालीन रणनीतिसँग मेल खाने जनाएको छ। यसमार्फत सन फार्मा बायोसिमिलर औषधि क्षेत्रमा प्रवेश गर्दै विश्वका शीर्ष १० कम्पनीमध्ये स्थान बनाउने दिशामा अघि बढ्ने लक्ष्य राखिएको छ ।अर्गाननकी प्रमुख केरी कक्सले पनि यस सम्झौताले आफ्ना सेयरधनीहरूलाई तत्काल र आकर्षक मूल्य प्रदान गरेको उल्लेख गरिन् । उनले यो सहकार्यले कम्पनीको भविष्यलाई थप मजबुत बनाउने बताइन् ।

भारतलाई विश्वको ‘फार्मेसी’ भनेर चिनिन्छ । यस मुलुकबाट गत आर्थिक वर्षमा मात्र ३१ अर्ब डलरभन्दा बढी मूल्यका औषधि निर्यात भएका छन् । परम्परागत रूपमा भारतीय कम्पनीहरूले सस्तो जेनेरिक औषधिमा आधारित व्यापार गर्दै आएका थिए, तर पछिल्ला वर्षहरूमा उनीहरू उच्च मूल्यका जटिल उपचार र नवप्रवर्तनतर्फ अग्रसर हुँदै गएका छन् ।

यस पृष्ठभूमिमा सन फार्मा–अर्गानन सम्झौतालाई केवल एक व्यावसायिक कारोबार मात्र नभई भारतीय औषधि उद्योगको बदलिँदो दिशाको प्रतीकका रूपमा देखिएको छ । जसले कम्पनीको विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमतामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।एएफपी /फोटो : रोयटर्स

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit