Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खाद्य संस्थानले हुम्लामा खरिद गर्यो ४३ लाखको सिमी

खाद्य संस्थानले हुम्लामा खरिद गर्यो ४३ लाखको सिमी
विज्ञापन
Advertisement

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाले चालु आर्थिक वर्षमा ४३ लाख १४ हजार छ सय रुपैयाँ बराबरको सिमी खरिद गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयका लेखापाल कैलाश ऐडीका अनुसार स्थानीयले उत्पादन गरेको २३ हजार ९७० किलो सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाइएको हो । त्यसैगरी सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिएपछि बजारमा पर्याप्त मात्रामा चामल उपलब्ध हुँदा गत वर्षहरुको तुलनामा हाल खाद्य संस्थानको चामलको बिक्री घटेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा सो कार्यालयले पाँच करोड ७० लाख ७१ हजार ८२१ रुपैयाँ बराबरको चामल, तेल र चिनि बिक्रि गरी सात हजार ९४२ क्वीन्टल चामल मौज्दात रहेको कार्यालयका लेखापाल ऐडीले बताए ।

यसैबीच हुम्लाको यारी भन्सार कार्यालय चार महिना पछि सञ्चालनमा आएको छ। नारा लेकको हिउँ पन्छाइसकेपछि सो नाका सञ्चालनमा आएको भन्सार कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिए । उनका अनुसार गत आव २०८१/०८२ मा उक्त नाकाबाट १७ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । उक्त नाका भएर हुम्लाका युवायुवतीहरु चीनको ताक्लाकोट काम गर्न जाने गरेका छन् । जुन सङ्ख्या समेत बढेको कार्यालय प्रमुख जैसीले जानकारी दिए । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit