Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

रियलमीको ‘जीटी ८ प्रो’ सिरिज नेपालमा, मूल्य डेढ लाख रुपैयाँबाट सुरु

रियलमीको ‘जीटी ८ प्रो’ सिरिज नेपालमा, मूल्य डेढ लाख रुपैयाँबाट सुरु
विज्ञापन
Advertisement

काठमाडौं। चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो चर्चित फ्ल्यागशिप स्मार्टफोन रियलमी जीटी ८ प्रो सिरिज नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले नवप्रवर्तन र उच्च कार्यसम्पादनलाई प्राथमिकता दिँदै कम्पनीले वैशाख १३ गतेदेखि यो सिरिज देशभर उपलब्ध गराएको हो। उत्कृष्ट क्यामेरा र इमेजिङ प्रविधिरियलमी जीटी ८ प्रोको सबैभन्दा बलियो पक्ष यसको क्यामेरा सेटअप हो ।

विज्ञापन
Advertisement
Advertisement

कस्ता छन् विशेषता ?

यसमा २०० मेगापिक्सेलको अल्ट्रा–लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा जडान गरिएको छ, जसले टाढाको वस्तुलाई पनि उच्च गुणस्तरमा कैद गर्न सक्छ । व्यावसायिक फोटोग्राफीका लागि यसमा रिकोह जीआर इमेजिङ प्रणाली समावेश गरिएको छ। भिडियो ग्राफीका शौखिनहरूका लागि यसमा ३० फ्रेम प्रति सेकेन्डमा ८के, ६० फ्रेम प्रति सेकेन्डमा ४के, साथै ३० फ्रेम प्रति सेकेन्ड र १२० फ्रेम प्रति सेकेन्डमा ४के तथा १०८० पी रेकर्डिङ सुविधा उपलब्ध छन् , जसले सिनेम्याटिक अनुभव प्रदान गर्दछ। शक्तिशाली प्रोसेसर र प्रदर्शनउत्कृष्ट गेमिङ र मल्टिटास्किङका लागि यो फोनमा नवीनतम स्न्यापड्रागन ८ एलिट जेन ५ फ्ल्यागशिप प्रोसेसर प्रयोग गरिएको छ । यसलाई थप प्रभावकारी बनाउन हाइपर भिजन प्लस एआई चिपको साथ दिइएको छ, जसले ऊर्जा खपत घटाउँदै कार्यसम्पादन बढाउँछ ।यसको डिस्प्लेमा १४४ हर्ज रिफ्रेस रेट सहितको २के अल्ट्रा–ब्राइट स्क्रिन रहेको छ । यसको अधिकतम ब्राइटनेस ७००० निट्स सम्म पुग्ने भएकाले कडा घाममा पनि स्क्रिन स्पष्ट देखिने कम्पनीले जनाएको छ ।

ब्याट्री र चार्जिङ क्षमता

लामो समयसम्म ब्याट्री ब्याकअप खोज्ने प्रयोगकर्ताका लागि यसमा ७००० मिलिअम्पियर–घण्टाको विशाल टाइटन ब्याट्री राखिएको छ। यसलाई चार्ज गर्न १२० वाटको सुपरभोक फ्ल्यास चार्जिङ र ५० वाटको वायरलेस चार्जिङको सुविधा उपलब्ध छ, जसले गर्दा केही मिनेटमै फोन चार्ज हुन्छ । भण्डारण, रङ र मूल्यनेपालमा यो स्मार्टफोन १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । साथै डिस्प्ले अन्तर्गत यस स्मार्टफोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको २के अल्ट्रा–ब्राइट स्क्रिन उपलब्ध छ, जसको अधिकतम उज्यालोपन ७००० निट्ससम्म पुग्छ । यसले बाहिरी उज्यालो वातावरणमा पनि स्पष्ट दृश्यता प्रदान गर्ने बताइएको छ ।

कति पर्छ मूल्य

यो फोन विन्ड मुभ्स ह्वाइट र एस्टन मार्टिन ग्रिन गरी दुई कलरमा उपलब्ध छन् । कम्पनीका अनुसार विन्ड मुभ्स ह्वाइटको मूल्य १ लाख ४९ अजार ९९९ र विन्ड मुभ्स ह्वाइटको १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीले यो फ्ल्यागशिप फोन खरिद गर्न चाहने ग्राहकका लागि ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा समेत उपलब्ध गराएको उल्लेख गरेको छ । मजबुत मेकानिकल संरचना र प्रिमियम डिजाइनमा उपलब्ध यो स्मार्टफोनले नेपाली बजारमा प्रिमियम सेग्मेन्टमा नयाँ उचाइ लिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit