Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन्ः अर्थमन्त्री खनाल

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन्ः अर्थमन्त्री खनाल
विज्ञापन
Advertisement

ललितपुर।अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर नहुने बताए।

विज्ञापन
Advertisement
Advertisement

आदिवासी जनजाति आयोगले आज यहाँ आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले समावेशी लोकतन्त्रको आधार नै नागरिकको अधिकार सुनिश्चित गर्नु रहेको बताए।उनले आदिवासी जनजाति समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण अब ढिला नगरी बाँकी समयभित्रै सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए ।

आदिवासी जनजातिको पहिचान संरक्षणका लागि विशेष नीति र कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खनालले अधिकार सुनिश्चित गर्न विशेष ऐनको आवश्यकता रहेको धारणा व्यक्त गरे।
संवैधानिक प्रावधानको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले नेपालको संविधानको धारा ५६(५) अनुसार सांस्कृतिक संरक्षण तथा स्वायत्त वा संरक्षित क्षेत्रसम्बन्धी व्यवस्था अझै कार्यान्वयन हुन नसकेको बताए।

यस किसिमको ज्ञान सम्मेलनले आदिवासी जनजाति समुदायलाई सशक्त बनाउनुका साथै सरकारलाई संविधान कार्यान्वयनतर्फ सहजिकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । आदिवासी जनजाति आयोगद्वारा सुरु गरिएको ज्ञान सम्मेलन सोमबार सम्पन्न हुने सम्मेलनमा नेपालको संविधानको धारा ५६(५) अनुसार सांस्कृतिक संरक्षण तथा स्वायत्ततासम्बन्धी विषयमा विशेष छलफल हुनुका साथै विषयगत कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit