काठमाडौं । नेपालका लागि वुलिंग मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ।
कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल समूह SAIC-GM-Wuling (SGMW) को प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेलहरू छिट्टै नेपाल भित्र्याउने तयारी गरेको जनाएको हो।
आउँदै गरेका नयाँ मोडेलहरू र तिनका विशेषता :
एक्सियन ईभी ७ सिटर प्रिमियम एसयूभी
ठूला परिवारलाई लक्षित गरी ल्याउन लागिएको यो क्ग्ख् मा ६९.२ पध्ज को ‘म्याजिक ब्याट्री प्रो’ रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। सुरक्षाका लागि यसमा ३६० डिग्री क्यामेरा र अत्याधुनिक ‘एडास’ प्रणाली जस्ता सुविधाहरू समावेश रहेको कम्पनीले जनाएको छ । ।
वुलिंग मिनी ईभी
सहरी क्षेत्रका लागि अत्यन्तै उपयुक्त यो कार अब ४ वटा ढोकासहित नयाँ स्वरूपमा आउँदैछ। यसको GSEV (Global Small Electric Vehicle)आर्किटेक्चरले यसलाई सुरक्षित बनाउनुका साथै यसले ३०१ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा डीसी फास्ट चार्जिङको सुविधा समेत उपलब्ध गराइने उल्लेख छ।
डेरियन एमपिभी
लामो दूरीको विलासी यात्रा र प्रिमियम अनुभवका लागि यो ७ सिटर गाडी ल्याउन लागिएको कम्पनीको भनाइ छ । जसमा ५४० किलोमिटरसम्मको रेन्ज, स्लाइडिङ ढोका र विलासी आन्तरिक सजावट यसका मुख्य विशेषता रहनेछन् ।
बिङ्गो ईभी
यस्तै, कम्पनीका अनुसार नेपाली सडकमा लोकप्रिय बिङ्गो ईभी ह्याचब्याक अब थप शक्ति र परिष्कृत सुविधाहरूका साथ आउँदैछ। यो ३३३ किमी र ४१० किमी रेन्ज दिने दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। कार्यक्षमताका लागि यसमा ५० किलोवाटको मोटर जडान गरिएको छ। यसको आकर्षक ‘रेट्रो’ डिजाइनभित्र १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन र सुरक्षाका लागि ६ वटासम्म एयरब्यागहरू समावेश गरिएको जनाएको छ ।
यी नयाँ मोडेलहरू छिट्टै देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ। प्यारामाउन्ट मोटर्सले आफ्ना सबै ‘वुलिंग’ मोडेलहरूमा ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ। यसले ग्राहकहरूमा विद्युतीय सवारीप्रति थप विश्वास जगाउने कम्पनीको विश्वास छ।
सन् १९५८ देखिको लामो इतिहास बोकेको र विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको क्न्ःध् को ‘वुलिंग’ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर चर्चित छ। नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव जमाउँदै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले अब नयाँ र विविध उत्पादनहरूमार्फत अझ आक्रामक रूपमा अगाडि बढाउने रणनीति लिएको जनाएको हो ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्