Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सुनको मूल्य एक हजार रुपैयाँले घट्दा चाँदीको मोल बढ्यो

सुनको मूल्य एक हजार रुपैयाँले घट्दा चाँदीको मोल बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा गिरावट आउँदा चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुन आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सुनको मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको भाउ एकैदिन ३ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा किनबेच भएको चाँदी आज ६५ रुपैयाँले बढेको छ । आज चाँदीको मोल तोलामा ५ हजार १० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उतारचढाव जारी छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit