Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हरित उद्यमको महत्त्व बुझाउन काठमाडौंमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’

हरित उद्यमको महत्त्व बुझाउन काठमाडौंमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’
Oplus_16908290
विज्ञापन
Advertisement

काठमाडौं । विभिन्न चार देशका युवा सहभागी ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला–२०२५’ आजदेखि सुरू भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

डिल्लीबजारमा तीनदिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपालसहित भारत, पाकिस्तान र ताजिकिस्तानका १६ देखि २५ वर्ष उमेर समूहका २६ जना युवा सहभागी छन् । कार्यशालामा दिगो भविष्यका लागि हरित उद्यमको महत्त्व बुझाउँदै नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यसहित दक्षिण एसिया क्षेत्रीय युवा कार्यशालाको आयोजना गरिएको कार्यक्रम उपसंयोजक छिरिङ डोल्मा लामाले बताए ।

उनले भने, “कार्यशालाले युवालाई अन्तर्राष्ट्रिय नागरिक समाज र सरकारी प्रतिनिधिलाई आफ्ना माग व्यक्त गर्न, दक्षिण एसियामा युवा सञ्जाललाई प्रवर्द्धन गर्न मञ्च प्रदान गरेको छ । यस कार्यशालाले हरित उद्यमको अवस्थाबारे जानकारी आदानप्रदान गर्नेछ ।”

उपसंयोजक लामाले ‘हरित उद्यम र युवा सशक्तिकरणः राम्रो भविष्यका लागि एक पहल’को नारासहित कार्यशालाको आयोजना गरिएको बताए । उनले जलवायु उत्थानशीलता, युवा सीप विकास र नीति पैरवीसम्बन्धी छलफलका साथै विविध विषयमा प्रस्तुतीकरण, अन्तरक्रियात्मक सत्र र नीति निर्माता तथा विज्ञहरूसँग छलफल गरिने जानकारी दिए ।

“हामीले अन्तिम दिन घोषणापत्र पनि सार्वजनिक गर्ने छौँ, जसलाई सम्बन्धित देशका युवाले सरोकार भएका मन्त्रालय वा हरित उद्यमसम्बन्धी काम गरिरहेका सरकारी निकायमा बुझाउनु हुनेछ । यसले हामीलाई अन्य राष्ट्रमा भइरहेका गतिविधि र कार्यका बारेमा जानकारी गराउने छ । यसबाट हामीले युवालाई हरित उद्यमको चुनौती, हरित उद्यममा कृतिम बौद्धिक (एआई) को प्रयोग, जलवायु परिवर्तन र यसका असरलगायत विविध विषयमा जानकारी दिनेछौँ”, उपसंयोजक लामाले भने ।

उक्त कार्यशालामा नेपालबाट १२, भारतबाट आठ, पाकिस्तानबाट चार र ताजकिस्तानबाट दुई जना युवा सहभागी छन् । बालबालिका तथा महिला सामाजिक सेवा र मानव अधिकार (सिविश) र टेरे डेस होम्स (टिडिएच) जर्मनीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठी शनिबार समापन हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit