काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को ६०औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तात्तिएको छ। भोलीदेखि काठमाडौंमा सुरु (वैशाख २१ र २२ गते) हुने यस निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ।
साधारणसभाबाट महासंघको नयाँ कार्यसमिती चयन हुनेछ, जहाँ ७३ पदका लागि १३७ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि निर्वाचन हुनेछ । साधारणसभा सोमबार ललितपुरस्थित एक होटलमा उद्घाटन हुने तथा २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान गरिने कार्यक्रम रहेको महासंघले जानाएको छ ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित प्रतिस्पर्धामा छन् । ढकाल समूहलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ भने वैद्य समूहलाई अञ्जन श्रेष्ठको साथ रहेको छ । महासंघका अनुसार कुल २,१५३ मतदाता निर्वाचनमा सहभागी हुनेछन् जसमा सबैभन्दा धेरै एसोसिएटतर्फका प्रतिनिधि रहेका छन् ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्