Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

प्रभु बैंकको आर्थिक अपचलनमा मुछिएका गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

प्रभु बैंकको आर्थिक अपचलनमा मुछिएका गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रहरीले बैङ्किङ कसुरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरको अनुसन्धानको सिलसिलामा शाक्यलाई पक्राउ गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको मुद्दाको अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरिएको जानकारी दिए । ब्यूरोले यसअघि प्रभु बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरूपयोग गर्नेरगराउने कसुरमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि शाक्यलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

शाक्यलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा उच्च अदालत, पाटन ललितपुरबाट पक्राउ अनुमति लिई आज ललितपुरको जावलखेलस्थित भनिमण्डल क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit