Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

अञ्जनलाई सहज हुने गरी महासंघमा चुनिए नयाँ सारथी, वस्तुगत उपाध्यक्षमा हेमराज समूहको बाजी

अञ्जनलाई सहज हुने गरी महासंघमा चुनिए नयाँ सारथी, वस्तुगत उपाध्यक्षमा हेमराज समूहको बाजी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सम्पन्न निर्वाचनले निजी क्षेत्रको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ सारथीहरू छानेको छ।

विज्ञापन
Advertisement
Advertisement

विधान अनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेसँगै महासंघमा अन्य पदका लागि मंगलबार निर्वाचन भएको थियो । ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ। मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । यसतर्फ अन्य १५ जना सदस्य चुनिएका छन् ।

एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी भएका छन् । पाण्डे १ हजार ७९ मतका साथ विजयी हुँदा उनको प्रतिष्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत पाइन् । यो निर्वाचनमा श्रेष्ठ उपाध्यक्षमा दोहोरिन चुनावी प्रतिष्पर्धामा थिइन्। उनी हेमराज ढकाल प्यानलकी हुन्। एसोसियट महिला सदस्यमा पनि पाण्डेकै प्यानलका उम्मेदवार जुना माथेमा र अभिज्ञा मल्ल निर्वाचित भएका छन्। ज्योत्सनाको प्यानलबाट शोभा ज्ञवाली र जमुना पौडेल पराजित भए । एसोसिएट तर्फका १७ सदस्यमध्ये १६ जना पाण्डे समूहका उम्मेदवारहरू विजयी हुँदै वर्चस्व जमाउन सफल भएका छन्।

त्यसैगरी, वस्तुगत उपाध्यक्षमा भने कडा प्रतिस्पर्धा देखियो। नवनिर्वाचित नरेशलाल श्रेष्ठले ६३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे। मात्र ३ मतको झिनो अन्तरले श्रेष्ठले बाजी मारेका हुन्। अध्यक्ष अञ्जन श्रेष्ठ समूहले अधिकांश पदमा वर्चस्व कायम गरे पनि वस्तुगत उपाध्यक्षमा भने हेमराज ढकालको समूहले बाजी मारेको छ ।

यसैबीच, निर्वाचनमा सबैभन्दा आकर्षणको केन्द्र युवा उद्यमी सचिन ढकाल बनेका छन्। आइएमई ग्रुपको प्रतिनिधित्व गर्दै एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा उठेका ढकालले सर्वाधिक १३१८ मत ल्याएर ‘म्यान अफ दि इलेक्सन’ को पहिचान बनाए। निर्वतमान अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन निर्वाचनमा सबैभन्दा कान्छा उम्मेदवार समेत हुन्। उनी पर्यटन र हस्पिटालिटी क्षेत्रमा सक्रिय छन्। उनीपछि अम्बिका प्रसाद पौडेलले ११ सय ८३ मतका साथ दोस्रो सर्वाधिक मत पाएका छन् ।

एसोसिएट, वस्तुगत, जिल्लानगर, प्रदेश प्रतिनिधि तथा अन्य गरी विभिन्न पदमा महासंघमा कुल ६९ जना नयाँ प्रतिनिधि चुनिएका छन् । ७३ पदमा १३७ उम्मेदवारबीच भएको प्रतिष्पर्धामा थप चार जनाले समान मत पाएपछि उनीहरुबीच कार्यकाल आधाआधा चलाउने सहमती बनेको छ । नवनिर्वाचित पदाधिकारीहरुले बिहीबार पदभार ग्रहण गर्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit