Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

फेयर र कियाल ग्रुपको दुई अर्ब लगानीमा अत्याधुनिक ‘बिचुटेन डेटा वर्ल्ड’ सेन्टर सञ्चालनमा आउँदै

फेयर र कियाल ग्रुपको दुई अर्ब लगानीमा अत्याधुनिक ‘बिचुटेन डेटा वर्ल्ड’ सेन्टर सञ्चालनमा आउँदै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाललाई सूचना प्रविधिको विश्व मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ नेपाली लगानीमा अत्याधुनिक डेटा सेन्टर परियोजना ‘बिचुटेन डेटा वर्ल्ड’ सञ्चालनमा आउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा बढ्दो डिजिटल माग र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भविष्यलाई मध्यनजर गर्दै साढे २ अर्ब रुपैयाँको प्रारम्भिक लगानीमा यो परियोजना सुरु गरिएको हो। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका बीच बिचुटेन डेटा भल्ट प्रालिले यस महत्वाकांक्षी परियोजनाको औपचारिक घोषणा गरेको हो।

देशकै पहिलो ‘टियर ४’ प्रमाणीकरण प्राप्त डेटा सेन्टर

बिचुटेन डेटा वर्ल्ड अन्तर्राष्ट्रिय स्तरको ‘टियर ४’प्रमाणीकरण प्राप्त गर्ने देशकै पहिलो र एकमात्र अत्याधुनिक डेटा सेन्टर हुने कम्पनीले दाबी गरेको छ। यसको सबैभन्दा ठूलो विशेषता ९९.९९ प्रतिशत अपटाइम हो, जसको अर्थ यहाँ भण्डारण गरिएका डिजिटल तथ्याङ्क र सेवाहरू वर्षभरि नै बिना कुनै अवरोध निरन्तर सञ्चालनमा रहनेछन्। उच्च स्तरको सुरक्षा र ब्याकअप प्रणालीका कारण जस्तोसुकै कठिन प्राविधिक समस्या वा मर्मत सम्भारको समयमा पनि सेवा बन्द नहुने सुनिश्चितता यसले प्रदान गर्नेछ।

चोभार र वीरगन्जमा पूर्वाधार निर्माण
कम्पनीका अध्यक्ष नवीन अग्रवालका अनुसार डेटा सेन्टर दुईवटा रणनीतिक स्थानमा निर्माण भइरहेको छ । उनका अनुसार चोभारमा मुख्य केन्द्र निर्माण गरिनेछ । जहाँ हाल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। वीरगन्जमा पनि केन्द्रलाई ‘डिजास्टर रिकभरी साइट’ का रूपमा प्रयोग गरिनेछ। प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने यो परियोजनालाई सन् २०३० सम्ममा ५ मेगावाट पुर्‍याउने दीर्घकालीन लक्ष्य राखिएको छ। चोभारको सेन्टर आगामी जुलाई महिनासम्ममा सञ्चालनमा ल्याउने तयारी रहेको अग्रवालले जानकारी दिए।

परियोजनाको नाम ‘बिचुटेन’ भगवान विष्णुको जापानी नामबाट जुराइएको हो। जसरी भगवान विष्णुलाई सृष्टिको रक्षक मानिन्छ, त्यसैगरी यो डेटा सेन्टरले नेपालको महत्वपूर्ण डेटालाई सुरक्षित राख्ने र ‘डेटा सार्वभौमिकता’ को रक्षा गर्ने अध्यक्ष अग्रवालले बताए।
यसलाई सञ्चालनमा ल्याउन नेपालको स्वच्छ जलविद्युतको प्रयोग गरी यसलाई वातावरणमैत्री र किफायती बनाइने छ।

परियोजना सञ्चालनमा आउँदा नेपाली इन्जिनियर र प्राविधिकहरूलाई स्वदेशमै अवसर प्रदान गरी प्रतिभा पलायन रोक्न मद्दत गर्ने अग्रवालको भनाइ छ। एआई प्रविधिलाई नेपालको कुना–कुनासम्म पुर्‍याउन कम्पनीले गुगल क्लाउड र VVDN जस्ता विश्वविख्यात कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको छ। यसले शिक्षा, स्वास्थ्य (अस्पताल रिपोर्ट डिजिटलाइजेसन), कृषि र सरकारी सेवाहरूमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

नेपाली उद्यमीहको दुई अर्ब लगानी

बिचुटेन डेटा भल्ट प्रालि पूर्ण रूपमा नेपाली निजी कम्पनी हो। यस परियोजनामा उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयल संलग्न रहेका छन्। उनीहरुले दुई अर्ब लगानी गरेका छन् । यो डेटा सेन्टर परियोजना दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको बताइएको छ। भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप तथा ट्याब्लेट उत्पादन गर्ने समेत लक्ष्य राखेको यस कम्पनीले यो परियोजनालाई ‘डिजिटल नेपालको बलियो जग’ र नेपाललाई दक्षिण एसियाकै डेटा हब बनाउने मार्गचित्रका रूपमा व्याख्या गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit