काठमाडौं । सुजुकी नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।
सुजुकीको नेपालका लागि अधिकृत वितरक सिजी मोटोकर्पमार्फत घोषणा गरिएको यो योजना प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको सम्पूर्ण दायरामा लागू हुनेछ। योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मत सेवा (पीएमएस) पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा सुविधा पाउनेछन्। यद्यपि, सुविधा तथा छुट मोडेलअनुसार फरक हुने कम्पनीले जनाएको छ।
यो योजना २०८३ साल साउन २७ गतेदेखि कार्तिक मसान्तसम्म देशभरका सुजुकी शोरूममा लागू हुनेछ। योजनामा अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारा लगायतका मोडेल समेटिएका छन्। यसअघि सञ्चालनमा रहेको ‘ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना’ भने छुट्टै अफरका रूपमा जारी रहनेछ। पहिलो १०० युनिट बिक्री भएपछि मोडेलअनुसारको ‘सुजुकी पर्वोत्सव’ सुविधा ई–भिटारामा पनि लागू हुने कम्पनीले जनाएको छ।
ई–भिटारा खरिद गर्ने ग्राहकले गाडीसँगै उपलब्ध हुने मानक ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जरसमेत निःशुल्क पाउनेछन्। होम चार्जरको सुविधा भने ग्राहकको घरमा जडान सम्भव भएमा उपलब्ध हुनेछ। सिजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले ‘सुजुकी पर्वोत्सव’ ले चाडपर्वको अवसरमा ग्राहकलाई थप मूल्य र पारदर्शिता प्रदान गर्ने बताए। उनले ग्राहकलाई नजिकको सुजुकी शोरूम तथा आगामी २५ देखि ३० अगस्टसम्म आयोजना हुने नाडा अटो शोमा पुगेर मोडेलअनुसारका सुविधाबारे जानकारी लिन आग्रह गरेका छन्।
सुजुकी नेपालले देशभर ४२ वटा अधिकृत आउटलेटमार्फत आफ्ना प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्