Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

प्रधानन्यायाधीश सिफारिसविरुद्ध संसदीय सुनुवाइको प्रकृया सुरु नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश सिफारिसविरुद्ध संसदीय सुनुवाइको प्रकृया सुरु नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट
विज्ञापन
Advertisement

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

विज्ञापन
Advertisement
Advertisement

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर गरिएको सिफारिसले न्यायिक स्वतन्त्रतामा गम्भीर खलल पुऱ्याउने उल्लेख गर्दै आज रिट दायर गरेका हुन्।रिटमा वरिष्ठतम न्यायाधीशलाई छोडेर चौथो नम्बरमा रहेका व्यक्तिलाई सिफारिस गर्नु संविधान र स्थापित न्यायिक परम्परा विपरीत रहेको उल्लेख छ।

रिटमा संवैधानिक परिषद्को निर्णय यथास्थितिमा राख्न र संसदीय सुनुवाइको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश माग गरिएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले डा. शर्मालाई ३३औं प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो। न्याय परिषद्ले पठाएको ६ जना सम्भावित उम्मेदवारको सूचीमा शर्मा चौथो वरीयतामा थिए ।

सिफारिस प्रक्रियामा संवैधानिक परिषद्कै सदस्यहरू-प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले लिखित असहमति जनाएका थिए। उनीहरूले वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ललाई बाइपास गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि हाल सर्वोच्च अदालत कायममुकायम नेतृत्वको भरमा चलिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit