Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गभर्नर पौडेलद्वारा बैंक, वित्तीय संस्था र उद्योगी व्यवसायीहरूसँग पछिल्लो घटनाक्रमबारे छुट्टाछुट्टै छलफल

गभर्नर पौडेलद्वारा बैंक, वित्तीय संस्था र उद्योगी व्यवसायीहरूसँग पछिल्लो घटनाक्रमबारे छुट्टाछुट्टै छलफल
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पछिल्लो आर्थिक तथा वित्तीय घटनाक्रमले पारेको असरबारे बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गभर्नर पौडेलले आज बसेका छलफलमा देशमा घटेको पछिल्लो घटनाक्रमले अर्थतन्त्रलाई ठुलो धक्का पुगेको भन्दै बैंक तथा वित्तीय संस्थाको तरलता अवस्था, ऋण प्रवाह, व्याजदर, लगानी वातावरण लगायतका विषयमा जानकारी लिएका थिए। साथै, निजी क्षेत्रका व्यवसायीहरूले मौद्रिक नीतिको कार्यान्वयन, बजारमा देखिएका चुनौती, लगानीमा देखिएको मन्दी र उत्पादनमूलक क्षेत्रमा आवश्यक सहयोगबारे आफ्ना माग तथा सुझाव राखेका थिए।

राष्ट्र बैंकका अनुसार गभर्नरले छलफलमार्फत सबै सरोकारवालाको धारणा संकलन गरी वित्तीय क्षेत्रको स्थायित्व र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने आश्वासन दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit