Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

पर्यटन प्रवर्द्धनमा उत्कृष्ट ठहरियो फ्लाई नेपा ट्राभल्स

पर्यटन प्रवर्द्धनमा उत्कृष्ट ठहरियो फ्लाई नेपा ट्राभल्स
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको फ्लाई नेपा ट्राभल एन्ड टुर्सले प्रतिष्ठित ‘विङ्स अण्डर फोर्टी’ अवार्ड अन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ सम्मान प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंस्थित होटल लो मुस्ताङमा आयोजित एक विशेष समारोहकाबीच कम्पनीलाई सो अवार्ड प्रदान गरिएको हो। ग्लोबल एक्रिडेसन काउन्सिलको आयोजना र यात्रा म्यागजिनको सह–आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन, आतिथ्यता तथा ट्राभल क्षेत्रमा ४० वर्षमुनिका प्रभावशाली युवा उद्यमीहरूलाई सम्मानित गरिएको थियो।

आयोजकका अनुसार फ्लाई नेपाले आधुनिक डिजिटल मार्केटिङ् प्रविधिको प्रयोग गरी नेपाललाई विश्व बजारमा चिनाउँदै आएको छ । आयोजकका अनुसार अन्तर्राष्ट्रिय प्रवर्द्धन उपकरण र सिर्जनात्मक अभियानमार्फत नेपाललाई विश्व पर्यटन बजारमा प्रभावकारी रूपमा चिनाउन सफल भएकै कारण कम्पनीलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड प्रदान गरिएको हो ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकारीको नेतृत्वमा फ्लाई नेपाले विगत एक दशकदेखि नेपाल भ्रमण, सांस्कृतिक कार्यक्रम र अन्तर्राष्ट्रिय कन्सर्टहरू मार्फत पर्यटन प्रवर्द्धन गर्दै आएको छ। अवार्ड ग्रहण गर्दै प्रबन्ध निर्देशक अधिकारीले युवा उद्यमशीलता र पर्यटन क्षेत्रको नवप्रवर्द्धनलाई सम्मान गरिएको धारणा राखे । उनले नेपालको पर्यटनलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

फ्लाई नेपा ट्राभल्स एण्ड टुर्स नेपाली पर्यटन उद्योगको उदीयमान तथा प्रेरणादायी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit