Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बजेट अधिवेशनमा प्रधानमन्त्री बालेनले यी अध्यादेश पेस गर्दै

बजेट अधिवेशनमा प्रधानमन्त्री बालेनले यी अध्यादेश पेस गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। आज दिउँसो २ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारद्वारा हालै जारी गरिएका विभिन्न महत्वपूर्ण अध्यादेशहरू पेस गर्ने कार्यसूची रहेको छ।

विज्ञापन
Advertisement
Advertisement

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीका तर्फबाट रास्वपा सरकारले ल्याएको अध्यादेशहरू प्रस्तुत गरिने सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा प्रधानमन्त्री बालेनले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ ,सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन)अध्यादेश, २०८३ पेस गर्ने जनाइएको छ।

सरकारले बोलाइसकेको संसद् अधिवेशन रोकेर हालै विभिन्न ८ ओटा अध्यादेश जारी गरिसकेको छ। सरकारले यी अध्यादेशहरूलाई संसद् सुरु भएको पहिलो बैठकमै पेस गर्न लागेको हो । आजको बैठकसँगै बजेट निर्माणको औपचारिक प्रक्रिया र प्रि–बजेट छलफलका लागि बाटो खुल्ने छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit